साफ यू-१५ महिला फुटबलः नेपाल र भारत भिड्दै

Under 15 Mahila Football
Under 15 Mahila Football
October 09, 8:18

काठमाडौ, असोज २२ - साफ यू-१५ फुटबल च्याम्पियनसिप अन्तर्गत आज नेपाल र भारत भिड्दैछन् । भुटानको चाम्लिङथाङ रंगशालामा हुने खेल स्थानीय समय अनुसार दिउँसो ३ बजेबाट हुनेछ । नेपाली टिमका मुख्य प्रशिक्षक राकेश श्रेष्ठले सबै टिम बलियो प्रतिस्पर्धी भएकाले शतप्रतिशत चुनौती पेश गर्ने बताए ।

उनले भारतविरुद्धको खेलमा सके जित नसके बराबरीका लागि भएपनि नेपाली टोली मैदानमा उत्रने बताए । उनले नेपाली टिम बलियो रहेकाले भारतलाई गतिलो चुनौती दिने बताए । नेपाली टिमकी कप्तान प्रीति राईले तयारी राम्रो भएकाले विगतको नजिता भन्दा राम्रो हुने दाबी गरिन् । उनले भारत बलियो टिम भए पनि हामी शतप्रतिशत दिएर खेल्ने बताइन्।

प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो । नेपालले असोज २४ गते बंगलादेश र २६ गते भुटानसंग खेल्नेछ । प्रतियोगिता नेपाल सहित, भारत, भुटान र बंगलादेश गरि चार टिम सहभागी छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा