नेपाल भारतसँग ४-१ले पराजित

U-15
U-15
October 10, 6:38

असोज २३ -

काठमाडौं- भुटानमा शुरु भएको महिला साफ यू १५ च्याम्पिनसिपमा नेपाली टोली भारतसँग पराजित भएको छ ।

नेपाली टोलीले आफ्नो पहिलो खेलमा आज भारतसँग ४–१ ले पराजित भएको छ ।

एक पक्षिय खेलको पहिलो हाफमै नेपाल २–० ले पछाडि परेको थियो । भारतका लागि सुमिता कुरमाले सात मिनेटमा पहिलो गोल गरिन् ।

अर्को गोल ३८ औं मिनेटमा लेन्डा कोम सेर्तोले गोल थपिन् । दोस्रो हाफमा पनि नेपाली टोलीमाथि भारतले दबाब बनाइ राख्यो ।

प्रियंका सुजेश पोटेकाले ५५ औं मिनेटमा भारतका लागि तेस्रो गोल गरिन् । नेपालका लागि मनमाया धामीले ६२ औं मिनेटमा गोल फर्काएकी थिइन् । तर, लेन्डा कोम सेर्तोले ६६ औं मिनेटमा अर्को गोल गर्दै भारतको गोलअन्तरलाई पुनः बढाइन् ।

एक साता चल्ने च्याम्पियनसिपमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ । अर्को खेल आयोजक भुटानसँग आसोज २६ गते खेल्नेछ ।

राउन्ड रोविन लिग पछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल असोज २८ गते हुनेछ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा