फुटबल विश्वकप छनोटः आज नेपाल अस्ट्रेलियासँग भिड्ने

prematchnepvsaus
prematchnepvsaus
October 10, 7:01

असोज २३ -

अस्ट्रेलिया - बिहीबार अस्ट्रेलियाको राजधानी क्यान्बेरामा अस्ट्रेलियाविरुद्ध नेपालले फुटबल विश्वकप छनोट अन्तरगत आफ्नो तेस्रो खेल खेल्दै छ । राजधानी क्यानबेरा स्थित जियो स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो पौने तीन बजे सुरु हुनेछ । एक साता देखी सिड्नीमा बन्द प्रशिक्षणमा रहेको नेपाल मंगलबार क्यानबेरा आइपुगेको हो ।
बुधबार भएको प्री म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले दुवै टिममा एघार एघार जना खेलाडी हुने भएकाले नतिजा जसको पक्षमा पनि जान सक्ने प्रतिृकया दिएका छन् ।
अस्ट्रेलिया बलियो टिम भएपनि आफूहरुले राम्रो तयारी गरेको उनको भनाइ छ । अस्ट्रेलियन प्रशिक्षक ग्राहम आरनोल्डले नेपाल विरुद्ध आक्रमक खेल खेल्ने उल्लेख गरे । नेपालले खेल्न लागेको यो अहिले सम्मकै ठुलो खेल हो ।
फिफा वरियतामा नेपाल एक सय ६१ र अस्टेलिया ४४ औं स्थानमा छ ।
नेपालले विश्वकपको दोस्रो चरण खेलिरहेको छ भने अस्ट्रेलिया रसियासहित पाँच पटक विश्वकपमा सहभागी भइसकेको छ । यसअघि छनोटमा नेपालले कुतेवसँग सात शुन्यको हार बेहोर्दा चाइनितज ताइपेइलाई भने दुई शुन्यले पराजित गरेको थियो ।
अस्ट्रेलियाको यो दोस्रो खेल हो । उसले आफ्नो पहिलो खेलमा कुवेतलाइ तीन शुन्यले पराजित गरेको थियो । उसको टिममा प्रिमियर लिगसहित युरोपका विभिन्न क्लबकबाट खेल्ने खेलाडी समावेश छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा