प्रदेशका महत्वपूर्ण योजनालाई गति दिन तीनतहका जनप्रतिनिधिबिच छलफल 

Chalfal
Chalfal
October 10, 4:18

धनगढी, असोज २३ - प्रदेशका महत्वपूर्ण योजनाहरुको निर्माण कार्यलाई गतिदिन बिहीबार सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा छलफल भएको छ ।
ठूला योजना कार्यान्वयनमा देखिएका जटिलता समाधानका बारेमा प्रतिनिधीसभा सदस्य तथा पूर्व मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट,  प्रतिनिधीसभा सदस्य नारदमुनी राना र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका बिचमा छलफल भएको हो । 
यस प्रदेशका ठूला योजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउनका लागि तिनैतहका जनप्रतिनिधीहरु बिच छलफल भएको प्रतिनिधीसभा सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले बताए । धनगढी (हसनपुर)–खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक सडक, बझाङ ताक्लाकोट सडक लगायतका सडक योजना निर्माणमा देखिएका जटिलता समाधानका लागि हामी खटिरहेका छौं भट्टले भने, सडक क्षेत्रमा पर्ने रुखहरुका बारेमा रहेको समस्या समाधान भैसकेको छ । अन्यत्र पनि विकास निर्माणमा देखिएको समस्या समाधानका लागि आफु सहजीकरण गर्न तयार रहेको भट्टले बताए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तीनैतहको सरकार र जनप्रतिनिधीहरु बिचको सहकार्य र समन्वय विना विकासले गति लिन नसक्ने बताए । विकास निर्माणको काम लाई कसरी सजिलो गरि अगाडी बढाउन सकिन्छ भनेर छलफल गरिएको हो । प्रतिनिधीसभा सांसद नारदमुनी रानाले कतिपय ठूला योजनाहरुको निर्माण कार्यले राम्रो गति लिन नसकेकाले कसरी गति दिन सकिन्छ भन्नेमा छलफल भएको बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले तिनैतहका जनप्रतिनिधीहरु बिचमा राम्रो छलफल भएको  बताए । तीनवटै तहका एकल र साझा अधिकार सूचीहरु रहेका छन् नगरप्रमुख वडले भने, समन्वयको अभावले साझा अधिकारका कानुनहरु निर्माण हुन सकेका छैनन् । विकास निर्माणका देखिएका जटिलताहरु पनि एक अर्काको सहयोग र समन्वय विना समाधान गर्न नसकिने भएकाले छलफल गरेका हौ नगरप्रमुख वडले भने,फाष्ट ट्रयाक, गौरीफन्टा भन्सार नाकाको स्तरोउन्नती,ताक्काकोट नाका लगायत बिषयमा छलफल गरेका छौं ।  

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा