अदालतको भन्योः महरालाई थप तीन दिन हिरासतमै राख्नु

Mahara Kanda
Mahara Kanda
October 15, 5:52

असोज २८

काठमाडौं : बलात्कारको प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १३ दिनको म्याद दिएको छ।

महरालाई प्रहरीले मंगलवार बिहान जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो। न्यायाधीश दिनेश कुमार दाहालको इजलासले करिव ३ घण्टाको बहसपछि अदालतले १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  म्याद दिएको हो। म्याद दिन भने पक्राउ परेको दिनबाट गन्ती हुने अदालतका प्रवक्ता आनन्द श्रेष्ठले जानकारी दिए।

'पक्राउ परेको मिति असोज १९ गतेबाट लागू हुने गरी १३ दिनको म्याद थप गरिएको हो,' प्रवक्ता श्रेष्ठले भने।

त्यसभन्दा अगाडि मंगलवार नै सरकारी वकिल कार्यालयमा पेश गरिएको थियो। सरकारी वकिल कार्यालयले १३ दिनको म्याद मागेका थिए। महराका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ लगायतले बहस गरेका थिए। 

स्वास्थ्यमा समस्यादेखिएर नर्भिक अस्पतालमा भर्ना भएका महरालाई नर्भिक अस्पतालबाट नै सरकारी वकिल कार्यालय लगिएको थियो। पुनः महरालाई अस्पताल लगिएको छ।

अनुसन्धान सकेपछि प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँछ। प्रहरीको अनुसन्धान चित्त बुझेमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लिएर जान्छ। त्यसपछि अदालतमा बयान र थुनछेक प्रक्रिया प्रारम्भ गर्नेछ। अदालतले धरौटी वा तारेखमा रिहा गर्ने अथवा पूर्पक्षका लागि थुनामा पठाउने समेत आदेश गर्न सक्छ।

धरौटी वा पूर्पक्षको लागि थुनामा रहेमा सांसद् पदबाट स्वतः निलम्बित हुनेछन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा