राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै

bidhya
bidhya
October 16, 6:37

असोज २९
काठमाडौं -

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि पाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन् ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछन ।

राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नुका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्नुे जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन् ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्माको राजधानी नेपित पुग्नेछ ।

नेपालसँग म्यान्माको सम्बन्ध १५० वर्ष पुरानो छ । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० फागुन २० (सन् २०१४ मार्च ४) मा भएको बिम्स्टेक सम्मेलनका बेला ‘स्वर्णभूमि’मा प्रधानमन्त्रीस्तरमा भ्रमण भएदेखि नेपालबाट उच्चस्तरको भ्रमण भएको छैन ।

सन् १९८९ अघि बर्मा नाम रहेको म्यान्माको राजधानी सन् २००६ देखि यङ्गोनबाट नेपित सारिएको हो ।  तत्कालीन राष्ट्रपति ने वीनले सन् १९६६(२०२३ तिर ) र १९७७ ( २०३४ तिर ) तथा प्रधानमन्त्री ऊ सेन विङले सन् १९७५(विसं २०३२ तिर) मा नेपाल भ्रमण गरेका थिए । प्रजातन्त्रवादी नेत्री तथा धम्मावती गुरुमाकी चेली आङ सान सु चीले बेलाबेला नेपाल भ्रमण गरेकी छिन् ।

दुई देशबीच राजनीतिक, कूटनीतिक, सांस्कृतिक तहबाट भ्रमणको आदानप्रदान भइरहेको छ । सन् २०१६/०१७ मा करीब २५ हजार म्यान्मालीले नेपाल भ्रमण गरेका थिए । अठासी प्रतिशत बौद्ध धर्मावलम्बी भएको म्यान्माले लुम्बिनीमा एक पेगोडा र गुम्बा निर्माण गरेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा