आफ्नो पेसा प्रति आत्मविश्वास बढाउन जरुरीः मन्त्री सुवेदी

Krishnaraj Subedi
Krishnaraj Subedi
October 20, 5:13

धनगढी,
कार्तिक ०३ - 
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले आफ्नो पेसा प्रति आत्मविश्वास बढाउन जरुरी रहेको बताएका छन् । धनगढीमा आयोजित आयुर्वेद स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री सुवेदीले उक्त कुरा बताएका हुन् ।
सरकारी सेवामा आबद्ध चिकित्सकहरू तथा शिक्षकहरुनै आफ्ना छोराछोरीलाई पढाउने र उपचार गर्दा निजी संस्थामा धाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने मन्त्री सुवेदीले बताए । ‘हामी आफू सरकारी विद्यालयमा काम गर्ने अनि छोराछोरी निजी विद्यालयमा पढाउने ।’ मन्त्री सुवेदीले भने, ‘अब यस्तो परिपाटी अन्य हुनुपर्दछ छ ।’ उपचार पद्धतिमा पनि एलोपेथिक भन्दा आयुर्वेदिक उपचार पद्धति राम्रो रहेको र दीर्घ रोगहरूको निदानमा बढी सहयोगी बन्ने भएकाले यसमा आयुर्वेदमा आबद्ध वैद्य तथा चिकिच्सकहरुको पहल जरुरी रहेकोमा मन्त्री सुवेदीले जोड दिए । 
प्रदेश सरकारले आयुर्वेद प्रतिष्ठान स्थापनाका लागि पहल अघि बढाइसकेको भन्दै उनले राजपुरमा निर्माणाधीन आयुर्वेद चिकित्सालयलयलाई ५० शैयाको आयुर्वेद अस्पतालसहित जनशक्ति उत्पादन केन्द्रका रूपमा समेत अघि बढाउने बताए । 
समीक्षा गोष्ठीमा प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक डा. गुण राज अवस्थिले प्रदेशमा आयुर्वेद प्रतिको विश्वास बढ्दै गएको बताए । उनले सबैले यसमा अझै अग्रसर हुन जरुरी रहेको पनि औँल्याए । 

Gunraj


समीक्षा गोष्ठीमा ९ वटै जिल्लाका आयुर्वेद संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको छ । 
 

Gosthi

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा