धनगढीमा प्रादेशिक स्वास्थ्य सम्बन्धी वार्षिक समीक्षा गोष्ठी सुरु

Gosthi
Gosthi
October 21, 4:19

धनगढी, 
कार्तिक ४ –
कैलालीको धनगढीमा स्वास्थ्यको वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ । गत आर्थिक वर्षमा प्रदेशका स्वास्थ्य कार्यालयहरूबाट सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना कार्यान्वयन गोष्ठी सुरु भएको हो । गोष्ठी तीन दिनसम्म चल्ने छ । 
मुलुक नयाँ संरचनामा गएपछिको यो दोस्रो समीक्षा गोष्ठी हो । स्वास्थ्य निर्देशनालय दिपायलको आयोजनामा सुरु भएको गोष्ठीको सोमबार स्वास्थ्य सेवा विभागका महा निर्देशक डा. रोशन पोखरेले उद्घाटन गरे । गोष्ठीको उद्घाटन गर्दै पोखरेलले अब प्रदेशहरू स्वास्थ्य सेवाको हकमा आफै अधिकतम जिम्मेवार बन्न आवश्यक रहेको बताए । 
उनले कर्मचारी समायोजनले गत वर्षबाट केही सकस सुरु भएको भए पनि केन्द्रबाट चाडै त्यसको समाधान गरिने र प्रदेशहरूले पनि सेवा प्रवाह तथा स्वास्थ्यको क्षेत्रमा कामकाजको तदारुकता बढाउनुपर्नेमा जोड दिए । 
गोष्ठीमा स्वास्थ्य सेवा विभागका पूर्व महा निर्देशक डा. सुशील प्याकुरेलले सुदूरपश्चिमको स्वास्थ्य सेवा विगत भन्दा सङ्घीयतामा झन् खस्किएको प्रति चिन्ता व्यक्त गरे । प्याकुरेलले सुदूरपश्चिममा पूर्व क्षेत्रीय स्वास्थ्य निर्देशक समेत रहेर काम गरेका थिए । 
विगतमा सुदूरपश्चिम स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा केही अघि रहेको कुरा उल्लेख गर्दै उनले अब प्रदेश सरकारले फेरी स्वास्थ्य सेवाको गुणस्तर सुधारमा चासो दिनुपर्नेमा जोड दिए । 
गोष्ठीमा स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुण राज अवस्थिले प्रदेशको गुणस्तरीय स्वास्थ्यको अवस्था विगत भन्दा सङ्घीयतामा १÷२ प्रतिशतसम्म तल झरेको भन्दै सङ्घ सरकारले समेत यसमा चासो पु¥याउनुपर्ने बताए । 
गोष्ठी प्रदेशको वर्तमान स्वास्थ्य अवस्थाको बारेमा गहन छलफल गरेर भावी योजना, प्रदेशको कार्य योजना र स्वास्थ्य सम्बिन्ध कानुन बनाउन महत्त्वपूर्ण बन्ने प्रदेको सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर बहादुर विष्टले बताए ।

गोष्ठीमा केन्द्रको स्वस्थ्य मन्त्रालय, प्रदेशका ९ वटै जिल्लाका स्वास्थ्य संस्थ र समाजिक विकास मन्त्रालयका प्रतिनिधिलगायतको सहभागीता रहेको छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा