धनगढीमा महिनाबारी सरसफाई तथा ब्यबस्थापन तालिम सुरु

Mensuration
Mensuration
November 06, 2:30

धनगढी, 
कातिक २० - 
धनगढी उप–महानगरपालिका क्षेत्रका शिक्षक शिक्षिका र स्वास्थ्यकर्मीका लागि बुधवार देखि महिनाबारी सरसफाई तथा ब्यबस्थापन तालिम दिन थालिएको छ । 
जिआईजेड र मित्र समाजको साझेदारी तथा धनगढी उप–महानगरपालिको समन्वयमा किशोरावस्थाको यौन तथा प्रजनन् स्वास्थ्य र महिनावारी सरसफाई ब्यबस्थापन कार्यक्रम अन्तरगत दुई दिनका लागि तालिम सुरु गरिएको छ । जसमा धनगढी उप–महानगरपालिका क्षेत्रका ४५ वटा सामुदायीक विद्यालयका शिक्षक शिक्षिका र यस क्षेत्रका सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ । 
यस कार्यक्रम अन्तरगत कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई सेनिटरी प्याड निर्माण तथा प्रयोग गर्न सिकाईने छ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, महिनावारीलाई अपारधकै रुपमा बुझ्न नहुने बताए । महिनाबारी हुनु भनेको त्यो महिना प्रजनन् कार्यका लागि योग्य हुनु हो नगरप्रमुख वडले भने, महिनाबारी कुनै अपराध वा पूर्व जन्मको पाप होईन ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रशाद सापकोटाले कार्यक्रम संचालन भएपछि महिनाबारीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आउने बताए । प्रमुख प्रशासकिय अधिकृत सापकोटाले छात्रा संगै महिनाबारी भएको बेला विद्यालय नआउने शिक्षिकाहरुलाई पनि नियमित बनाउने बताए । तालिम २ दिन सम्म चल्ने छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा