एलपिएलः हिमालय ह्वाईट हाउस, नोवेल एकेडेमी र शारदा मावि क्वाटरफाईनलमा 

LPL 4
LPL 4
November 06, 5:39

धनगढी,

कार्तिक २० -
हिमालय वाईट हाउस काठमाण्डौं, नोवेल एकेडेमी कञ्चनपुर र शारदा मावि धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । संघीय प्रहरी कार्यालयको खेल मैदानमा वुधवार भएका दोस्रो खेलले अन्तिम आठ पुग्ने तीन टीमको टुङगो लगाएको हो । समुह डी अन्तर्गत भएको दोस्रो खेलमा हिमालय वाईट हाउस काठमाण्डौंले सानदार जित हात पारेको छ । हिमालय वाईट हाउसले सैनिक आवासिय महाविद्यालय तेघरीमाथि १० विकेटको सानदार जित दर्ता गरेको हो । सैनिक आवासियले दिएको ७६ रनको विजय लक्ष्य वाईट हाउसले ५ दशमलव ४ ओभरमा पुरा गर्यो । वाईट हाउसका लागि दिपक वोहोराले अविजित अर्धशतकीय पारी खेले । २१ व्लको सामना गरेका उनले ४ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै सुदीप वस्नेतले अविजित १५ रन बनाए । यसअघि टस जितेर पहिले व्याटिंग गरेको सैनिकले १७ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ७५ रनको योगफल बनाएको थियो । सो पारीमा विवेक विष्टले २५ रन स्वप्निल केसीले १७ र अभिनास चन्दले ११ ररन बनाउनु वाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । वाईट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए । यस्तै समीर तिमिल्सेनाले ३ विकेट लिए । ५ विकेट लिएका वाईट हाउसका आरियो पौडेल म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए । संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलको नतिजाले समुह सी बाट क्वाटरफाईनल पुग्ने दुई टीमको टुंगो लगाएको छ । सत्यवती एकेडेमी लगातार दुई खेलमा पराजित भएपछि समुह सी बाट नोवेल एकेडेमी र शारदा मावि अन्तिम आठमा पुगेका छन् । यसघि सत्यवती शारदा माविसँग पाजित भएको थियोे । समुह सी मा नोवेल र शारदा समुह विजेता र उपविजेताका लागि खेल्नेछन् ।
वुधवारको पहिलो खेलमा सत्यवती नोवेल एकेडेमीसँग ९१ रनले पराजित भएको हो । टस हारेर पहिले व्याटिंग गरेको नोवेल एकेडेमीले २० ओभरमा ९ विकेट क्षतिमा एक सय ५९ रन बनायो । नोवेलका लागि गणेश विटालुले ५२ रनको अर्धशतकीय पारी खेले । २६ वलको सामना गरेका उनले ३ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै अनिल थापाले २६ रन बनाए । सत्यवतीका लागि निरज भट्टले ३ र योगेश भाटले २ विकेट लिए । एक सय ६० रनको विजय लक्ष्य पछ्याएको सत्यवती १८ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै ६८ नमा समेटियो । सत्यवतीका लागि योगेश भाटले ३३ रन बनाउनु वाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । नोवेलका लागि विकास सुनार र गणेश विटालुले समान ३ विकेट लिए । ३ विकेट लिदैं ५२ रन बनाएका नोवेलका गणेश विटालु म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विहीवार दुई खेल हुनेछन । पहिलो खेलमा हिमालय वाईट हाउस र एवीसी स्कुल नेपालगंज तथा दोस्रो खेलमा नोवेल एकेडेमी र शारदा मावि बीच प्रतिस्पर्धा हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो ।
देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताउनुभयो ।

९ खेलमा बने ८ अर्धशतक
धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको लिग चरणका ९ खेलमा ८ अर्धशतक बनेका छन् । पाँच दिनमा भएका लिग चरणका ८ खेलमा ५ विद्यालयका ८ जना खेलाडीले अर्धशतक बनाएका हुन् । नोवेल एकेडेमी कञ्चनपुरका रमेश भट्टले सर्वाधिक ९४ रन बनाएका छन् । शारदा विद्या निकेतनका राजन सिंहले ६१ रन बनाउँदा लिटल फ्लावरका विपिन रावलले ५९ रनको पारी खेलेका छन् । शारदा विद्या निकेतका अर्जुन सावद, लिटल फ्लावरका सुवोध ऐर र नोवेल एकेडेमीका गणेश विटालुले समान ५२ रनको पारी खेलेका छन् । त्यसैगरी सरस्वती नमुना माविका सन्तोष चन्द र हिमालय वाईट हाउसका दिपक वोहोराले पनि समान ५१ रनको अर्धशतकीय पारी खेलेका छन् । अव लिग चरणका तीन खेल वाँकी रहेका छन् भने नकआउट चरणका ७ खेल बाँकी रहेका छन् । हुन वाँकी १० खेलमा पनि अर्धशतक हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा