ने.वि संघद्धारा अत्तरियामा भारतीय प्रधानमन्त्री मोदीको तस्बिर जलाउदै प्रर्दशन

nEBISANGH
nEBISANGH
November 07, 5:36

 कात्तिक २१ -

ने.वि संघद्धारा अत्तरियामा भारतीय प्रधानमन्त्री मोदीको तस्बिर जलाउदै प्रर्दशन भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमी राखिएको बिरोधमा अत्तरियामा पनि प्रर्दशन गरिएको छ । नेपाली काग्रेशको भातृ संगठन नेपाल बिधार्थी संघका बिधार्थी नेताहरुको अगुवाइमा भारतले देखाएको नेपालको भुमि फिर्ता गर्न माग गर्दै बिरोध ¥याली सहित प्रदर्शन गरेको हो । ¥यालीमा सहभागीहरुले चर्को नारा लगाउदै अत्तरिया चोकको चारै तिर परिक्र गरेका थिए ।

सिमा मास्न पाइदैन , कुम्भकर्ण सरकार चाहिदैन , भारतिय बिस्तारबाद मुर्दावाद , बिर गोर्खाली जिन्दावाद , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुर्दावाद , कालापानी , लिपुलेक हाम्रो हो , सम्पुर्ण नेपाली एक हौ भन्ने जस्ता नारा लगाउदै बिधार्थीहरु सडकमा उत्रिएका हुन् । ¥यालीमा सहभागीहरुले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर समेत जलाएका थिए । अत्तरिया बजार परिक्रमा पश्चात चोकमा कोण सभाको आयोजना गरिएको थियो । कोण सभालाई सम्बोधन गर्दै ने.वि संघका बिधार्थी नेता डण्डीराज जोशीले भारतले नेपाल प्रति पटक पटक गरिरहने हस्तक्षेपलाई अब ने.वि संघका युवाहरुले सहेर नबस्ने बताउनुभयो । उहाँले आफ्नो भुमि बचाउन आफुहरु जस्तो सुकै परिस्तिथीको पनि सामना गर्न तयार रहेको बताउनुभयो ।

सबै भन्दा पिडित प्रदेश पनि सुदुरपश्चिम भएकाले जब सम्म भारतले आफ्नो नक्सामा देखाएको नेपालको भुमि फिर्ता लिदैन तब सम्म आफ्नो चरमबद्ध आन्दोलन जारी रहने उहाँले बताउनुभयो । यस्तै कोण सभालाई सम्बोधन गर्दै ने.वि संघका नेता एबम् दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अत्तरियाका पुर्व ईकाइ सभापति पदमराज ओझाले आज भारतको ठाडो हस्तक्षेपले पुरा नेपाली अपमानित हुनुपरेको बताउनुभयो । यहि अपमानको बदला लिनका लागि अब हामी यो त्यो नभनी यो समर्ग नेपालीहरुका लागि साझा समस्या भएकाले सबै नेपालीहरु एक जुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भारतले देखाएको नेपालको भुमि फिर्ता गर्न नगर्दा सम्म आफुहरु चुप लागेर नबस्ने बताउनुभयो ।

यस्तै तरुण दलका गोदावरी नगर अध्यक्ष शंकर खड्काले देशमा दुई तिहाइको सरकार हुदा हुदै भारतको हस्तक्षेपलाई नेपाल सरकारले कुनै कदम नचालको भन्दै आपत्ती जनाउनुभयो । उहाँले आफ्नो देशको सिमा रक्षाका लागि आफु जस्तै हजारौ नेपाली युवाहरुले रगत खोला बगाउन तयार रहेको स्पष्ट पार्नुभयो । बिरोध ¥यालीका अगुवा ने.वि.संघका युवा नेता जगतराम महाराले जो कसैले पनि नेपाली भुमि माथि आखाँ लगाएर त्यसलाई अतिक्रमण गर्ने दुसप्रयास गर्दछ भने त्यसका बिरुद्धमा आफुहरु ज्यानको बली दिएर पनि लाग्ने बताउनुभयो । उहाँले पुराना बिर पर्खाहरुले आफ्नो बलिदान दिएर बचाएर नेपालको सिमा रक्षाका लागि ने.वि.संघ जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहेको बताउनुभयो । उक्त कार्यक्रममा नेपाली कागे्रशका युवा नेता लोकराज पाण्डे आगो , भरत खड्का , तरुण दलका नगर अध्यक्ष शंकर खड्का लगाएतका नेपाल बिधार्थी संघमा आबद्ध बिधार्थी नेताहरुको उपश्तिथी रहेको थियो । कार्यक्रमको संचालन ने.विसंघका नेता देवराज ओझाले गर्नुभएको थियो । भारतले नेपाली भूमी आफ्नो नक्सामा समेटेपछी देशभर बिरोध प्रदर्शन भइरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा