लिटल फ्लावर निष्ट एलपिएलको सेमिफाईनलमा प्रवेश

Little Flower
Little Flower
November 08, 6:50

धनगढी,

कात्तिक २२ - लिटल फ्लावर स्कुल धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको सेमिफाईनलमा पुगेको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुक्रवार भएको पहिलो क्वाटरफाईनलमा भक्तपुर निष्ट स्कुललाई २ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम चारमा पुगेको हो ।

भक्तपुर निष्ट स्कुलले दिएको एक सय ४ रनको लक्ष्य लिटल फ्लावरले ८ विकेट क्षतिमा निर्धारित ओभर सकिन ३ बल पहिले नै पुरा गर्यो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा लिटल फ्लावरका किशोर सिंहले दुई चौका प्रहार गर्दै आफ्नो टिमलाई सेमिफाईनल पुराए । लिटिल फ्लावरका लागि सुवोध ऐरले २८ रन आयुव चन्दलाई १९ रन तथा विपिन रावल र महेश अधिकारीले समान १३ रन बनाए ।

भक्तपुर निष्टका लागि सोहन यादवले ४ तथा डब्लु मलिक दिपेन्द्र ऐरी र धनन्जय शाहले एक एक विकेट लिए पनि आफ्नोे टीमलाई जिताउन सकेनन् । यसअघि टस हारेर पहिले व्याटिंग गरेको भक्तपुर निष्टले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ३ रन बनायो । भक्तपुर निष्ट स्कुलका लागि सोहन यादवले २१ रन धनन्जय शाहले १ रन दिपेन्द्र ऐरीले १६ रन र सुदीप खड्काले १५ रन बनाए ।

लिटल फ्लावरका लागि दिपक रोकायाले ४ विकेट किशोर सिंह र प्रकाश वडुले तीन तीन विकेट लिए । खेलमा ३ विकेट लिदैं आफ्नो टीमलाई जिताएका लिटल फ्लावरका किशोर सिंह म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा जित हात पार्दै एवीसी स्कुल नेपालगंज पनि क्वाटरफाईनल पुगेको छ । एवीसी स्कुलले सैनिक आवासिय महाविद्यालयलाई ५ रनले हराउँदै अन्तिम आठमा पुगेको छ ।

टस जितेर पहिले व्याटिंग गर्दै एवीसी स्कुलले २० ओभरमा सवै विकेट गुमाउँदै एक सय ४७ न बनायो । सो पारीमा विराट भण्डारीले ७९ न बनाए । साहरुख खानले ३४ रन बनाए ।

सैनिक आवासियका लागि विशाल केसीले ३ विकेट तथा रोशन चन्द र स्वप्निल केसीले दुई दुई विकेट लिए । एक सय ४८ रनको लक्ष्य पछ्याएको सैनिक आवासियले २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४२ न बनाउन मात्रै बनाउन सक्यो ।

सो पारीमा कुसल सिंह चैसीरले ५२ रनको अर्धशतकीय पारी खेल्दा सागर चन्दले अजिवित २६ रन बनाए । एवीसीका लागि कमल ओली र टंक खड्काले दुई दुई विकेट लिए । ७९ रन बनाएका एवीसीका विराट भण्डारी म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिवार क्वाटरफाईनलक दुई खेल हुनेछन । पहिलो खेलमा नोवेल एकेडेमी रर एवीसी स्कुल तथा दोस्रो खेलमा लिटिल बुद्ध र शारदा मावि प्रतिस्पर्धा गर्ने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।

विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा