‘रानाथारु भाषा’ नेपालको भाषा सूचीमा सूचीकृत भपछि धन्वाद ज्ञापन !

Rana THaru
Rana THaru
November 09, 6:54

धनगढी, 
कात्तिक २३ 
सरकारले रानाथारु भाषालाई नेपालको भाष सूचीमा सूचीकृत गरेपछि नेपाल राना थारु समाज कञ्चनपुर कैलालीले धन्यवाद ज्ञापन गरेको छ । नेपाल राना थारु समाज कञ्चनपुर कैलालीले आज एक विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘नेपालको कैलाली–कंचनपुरमा मात्रै बोलिने रानाथारु भाषालाई नेपालको भाषा सूचीमा सूचीकृत गरि ऐतिहासिक सहयोग पु¥याउनु हुने सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाल सरकार र भाषा आयोगलाई सम्पूर्ण रानाथारु समुदायको तर्फबट धेरै धेरै धन्यवाद र आभार प्रकट गर्दछौं ।’

राना थारु भाषालाई भाषा सूचीमा सूचीकृत गर्न पूर्व सांसद कृपाराम राना र वर्तमान सङ्घीय सांसद नारदमुनि रानाले विशेष पहल गर्नु भएको थियो । 
राना थारु भाषा विज्ञ कमल सिंह रानाले सरकारी तवरबाट भएको यो कदमको प्रशंसा गर्दै अब राना थारुलाई छुट्टै आदिवासी जनजातिमा सूचीकृत गर्नुपर्ने माग समेत राखे । ‘सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक लगायतका पक्ष हेर्दा पिछडिएको रानाथारुहरुको भाषा दिनप्रतिदिन लोप हुने अवस्थामा रहेको छ ।’ रानाले भने, ‘यही समयमा सरकारी तवरबाट भएको यो भाषा सूचीकृतको कदमको पशंसा गर्न पनि म चाहन्छु, साथै सरकारले अब छिट्टै राना थारुलाई छुट्टै आदिवासी जनजातिमा सूचीकृत पनि गरोस् भन्ने हाम्रो माग छ । 

Rana Tharu Bhasha


सरकारलेकेही दिन अघि मात्रै नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान गरेको थियो । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोलिने पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) दुईवटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १२९ पुगेको छ । नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ । 
आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पेस गरेका थिए । 

Rana-Tharu

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा