निष्ट कलेज एलपिएल ४ः नोवेल र शारदा विद्या निकेतन सेमिफाईनलमा 

LPL 4
LPL 4
November 09, 7:19

धनगढी,

कार्तिक २३
नोवेल एकेडेमी कञ्चनपुर र शारदा विद्या निकेतन धनगढी जारीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्ंकरणको सेमिफाईनलमा पुगेका छन्  । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय  प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शनिवार भएको पहिलो क्वाटरफाईनलमा एवीसी स्कुल नेपालगंजलाई १०७ रनले हराउँदै नोवेल अन्तिम चारमा पुगेको हो । टस जितेर पहिले व्याटिग गर्दै नोवेलले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ५८ रन बनायो । सो पारीमा किरन ठगुन्नाले ५० रन र गणेश विटालुले ३९ रन बनाए । एवीसीका लागि अर्जुन सिंह र टंक खड्काले दुई दुई विकेट लिए । एक सय ५९ रनको लक्ष्य पछ्याएको एवीसी १६ ओभरमा सवै विकेट गुमाउँदै ५१ रनमा समेटियो । सो पारीमा वुद्ध अधिकारीले १५ रन र विराट भण्डारीले १० रन बनाउनु वाहेक अरुले दोहोरो रन अंक छुन सकेनन् । नोवेलका लागि विकास सुनारले ५ विकेट र आदित्य सिंहले २ विकेट लिए । अर्धशतकीय पारी खेलेका नोवेलका किरण ठगुन्ना म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको शनिवारको दोस्रो खेलमा शारदा विद्या निकेतनले लिटिल वुद्ध एकेडेमीलाई ८२ रनले हरायो । पहिले व्याटिग गर्दै शारदाले २० ओभरमा ७ विकेट क्षतिमा एक सय ७२ रन बनायो । सो पारीमा अर्जुन सावदले ४२ रन विरेन्द्र नाथले ४० रन बनाए । लिटिल वुद्धका लागि निराजन गौतमले ३ विकेट लिए । एक सय ७३ रनको लक्ष्य पछ्याएको लिटिल वुद्ध १९ दशमलव ४ ओभरमा सवै विकेट क्षतिमा ९० रन बनायो । सो पारीमा रमेश भट्टले सर्वाधिक १८ रन बनाए । शारदाका लागि अरुण धामीले ५ विकेट लिए भने विरेन्द्र नाथले ३ विकेट लिए । ४० रन बनाएर ३ विकेट लिएका शारदाका विरेन्द्र नाथ म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।
कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आईतवार  क्वाटरफाईनलको एक मात्रै वाकी खेल हुनेछ । सो क्वाटरफाईनलमा हिमालय वाईट हाउस र शारदा मावि भिड्ने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो ।
देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिग कम नकआउट फ्म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ । विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत चार वर्षदेखि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले बताउनुभयो ।


 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा