ठगी आरोप लागेका सुदूरपश्चिक प्रदेशका पर्यटन राज्यमन्त्री रावलले दिए राजीनामा

Prakash Rawol
Prakash Rawol
November 10, 2:52

कैलालीः कीर्ते र ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजीनामा दिएका छन्।
 
रावलले नैतिकताको आधारमा राज्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। राज्यमन्त्री रावलले आइतवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन्।

'क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिँदा प्रहरीको अनुसन्धानमा म उपर कही कतै आरोप नहुँदा नहुँदै पनि जबरजस्ती मुद्दा सिर्जना गर्ने प्रयास केही व्यक्तिहरुले गरेको छन्,’ राज्यमन्त्री रावलले विज्ञप्तिमा उल्लेख गरेका छन्।

रावललाई जिल्ला अदालत कञ्चनपुरले साधारण तारेखमा छाडेको छ। कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको शेयर बिक्रिमा सरकारी कागजात कीर्ते गरेको र ठगी गरेको आरोपमा राज्य मन्त्री रावलसहित ३६ जना शेयर सदस्यका नाममा गत साउन ७ गते  जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। 

तारा दत्त जोशी सहितका शेयर सदस्यहरुले तत्कालिन सञ्चालक समितिका अध्यक्ष इन्द्रराज बडु र क्याम्पस प्रमुख भोलानाथ शर्माका नाममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरीसहित २०७५ साउनमा कीर्ते र ठगी आरोपमा मुद्दा दर्ता गरेका थिए।
 
राज्यमन्त्री रावल साधारण तारेखमा रिहा भएको जिल्ला अदालतका सेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। ३६ जना आरोपीमध्ये अदालतमा उपस्थित  भएका १२ जना पनि कार्तिक ६ गते  साधारण तारेख र केही धरौटीमा रिहा भएका छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा