सेती अस्पतालका मेसु पाण्डेयको मनपरी विरुद्ध अख्तियारमा अनियमितताको उजुरी

Akhtiar
Akhtiar
November 13, 5:25

धनगढी, 
कात्तिक २७ – 
धनगढीको सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेय विरुद्ध अनियमितताको उजुरी परेको छ । अस्पतालमा आवास, कर्मचारी भर्ना, अस्पतालको हाता भित्रै फार्मेसी सञ्चालन गर्न दिएको लगायत एकलौटी मनपरी गरेर अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा उजुरी परेको हो । 
मेसु पाण्डेय र अस्पतालको लेखा शाखाका अधिकृत मदनसिंह महराको मनपरीले गर्दा प्रदेशकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको साख घट्दै गएको भन्दै उजुरी परेको हो । उनीहरूले कानुन विपरीत अनियमितता गरेको समेत आरोप छ । 
पाण्डेयले अस्पतालमा रहेको सरकारी आवासमा ताला लगाएर आफू निजी घरमा बस्दै आएको र २ महिना पहिले अवकाश प्राप्त डाक्टर तथा सरुवा भइसकेका डाक्टरलाई समेत निवास उपलब्ध गराएको आरोप छ ।  
जसले गर्दा हाल कार्यरत डाक्टरहरू भाडामा बस्दै आएका छन् । 
पाण्डेयले अस्पतालको हाताभित्र नेपाल चिकित्सक सङ्घलाई घर बनाउन दिएर त्यस बापतको भाडा पनि उसैको खातामा हाल्न दिएको आरोप छ । अस्पतालको हाताभित्रका निजी फार्मेसीहरू हटाउन समेत आर्थिक प्रलोभनमा परेका पाण्डेयकै कारण ढिलाइ भइरहेको उल्लेख छ । 
अस्पतालको हाता भित्रका निजी फार्मेसी बन्द गर्न गत जेठ १ गते प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव सिंह ओली लगायतको टोलीले अस्पतालभित्रका निजी फार्मेसी हटाउन अस्पताल प्रशासनलाई निर्देशन दिएको थियो ।
त्यसको पालना नभएपछि गत भदौ २५ गते मन्त्रालयले फेरी हटाउन पत्राचार गरेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी झंकर बहादुर विष्टले बताए । 
सर्वोच्च अदालतले समेत सरकारी अस्पतालको हाता भित्र निजी फार्मेसी राख्न नपाउने आदेश जारी गरेको छ । तर सेती प्रादेशिक अस्पतालमा भने निजी फार्मेसीका ढोका, झ्याल तथा एउटा फार्मेसी त भित्रै छ । अस्पताल प्रशासनले मन्त्रालयको निर्देशन पालनामा चासो नदिएको बिस्टको भनाई छ । यता अस्पताल प्रशासनले भने विगतमा रहेको विकास समितिको सम्झौताले फार्मेसी हटाउन समस्या भएको जनाएको छ ।
पाण्डेयले एकलौटी ढङ्गले चिकित्सक भर्ना गरेको, आमा सुरक्षा कार्यक्रममा अनियमितता गरेका, स्टाफ नर्स भर्ना गर्दा खुला प्रतिस्पर्धाबाट गर्नुपर्नेमा आफ्नी भाईबुहारी र एक जना अरू गरी २ जना स्टाफ नर्सलाई गोप्य रूपमा भर्ना गरिएको उजुरीमा उल्लेख छ । साथै उनीहरूको पारिश्रमिक समेत आमा सुरक्षा निर्दे्शिका विपरीत प्रदान गरिँदै आएको बताइएको छ । छपाई मसलनन्द तथा अन्य सामान( साबुन, सोडा, चिनी, चियापत्ती फिनायल, हार्पिक, इलेक्ट्रिक सामान)हरू पनि सूची दर्ता गरी लिनुपर्नेमा त्यसो नगरेको बताइएको छ । 
पाण्डेयले नयाँ खानेपानी योजनाका लागि ३० लाखको टेन्डर आह्वान गरी खानेपनी सुचारु नभए पनि रकम भने भुक्तानी गरिसकेको, अस्पतालको रंगरोगन तथा मर्मतका नाममा करौंडौं रकम हिनामिना गरेको भन्दै छानबिन गरिदिन माग गरिएको छ । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा