‘सलाम छ गोकर्ण, राम्रो काम गर्दागर्दै निकालियौ र पजेरो नचढी ट्याक्सी चढेर घर गयौ’

Gokarna Bista
Gokarna Bista
November 21, 6:15

‘वाह ! मन्त्री हुनु त गोकर्ण विष्ट जस्ताले हो । सलाम छ गोकर्ण, राम्रो काम गर्दागर्दै निकालियौ र पजेरो नचढी ट्याक्सी चढेर घर गयौ ।’ सामाजिक सञ्जालमा भेटिएको यो भनाई । 
कार्य सम्पादनमा दोस्रो भएका श्रम मन्त्री गोकर्ण विष्ट भागभण्डाको चेपुवामा परेर मन्त्रीबाट निकालिए । उनले मन्त्री रहँदा श्रमिकका क्षेत्रमा निकै उल्लेख्य र प्रशंसा गर्न लायक कामहरू गरेका छन् । तर पनि निकालिए पछि अहिले सामाजिक सञ्जालमा उनको पक्ष र सरकारको विारेधमा चर्का चर्की भइरहेको छ । 
मलेसिया रोजगारी बन्द भएको ५ महिनाभन्दा बढी समय भइसकेपछि नेपाल सरकार र मलेसिया सरकारबिच श्रम समझदारी भएपछि मलेसिया रोजगारीले केही गति लियो । श्रम मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारीमा जाने नेपाली कामदारबाट एक रुपैयाँ पनि लिन नपाइने र सम्पूर्ण लागत खर्च र म्यानपावर कम्पनीको कमिसन पनि रोजगारदाताबाटै बेहोर्ने गरी श्रम सम्झौता गराउन सफल भए ।

त्यति मात्रै होइन, हाल एक पटक श्रम सम्झौता हुँदा ३ वर्षको समय रहेकामा यस सम्झौतापछि श्रम सम्झौता दुई वर्षका लागि मात्रै हुने भयो । जसको कारण परिवारसँग लामो समय भेट्न नपाई पारिवारिक विखण्डन हुने समस्यामा पनि केही कमी ल्याउन सफल हुने भयो । त्यसबाहेक मलेसिया जाने सम्पूर्ण कामदारले त्यहीँका नागरिकसरह सेवा र सुविधा पाउने निर्णय भयो जसको कारण मलेसिया रोजगारीमा चामत्कारिक परिवर्तन भयो ।

केही निश्चित संस्थाले मात्रै गराउँदै आएको स्वास्थ्य परीक्षण प्रक्रिया पुर्याएर सबैका लागि खुला गरियो । मन्त्री विष्टको एक्सनपछि प्रतिव्यक्ति ३ हजार २ सय रुपैयाँ लिइरहेको ‘माइग्राम्स’को खारेजी भयो ।

मन्त्री विष्टको यो कदमलगत्तै नेपालमा सञ्चालनमा रहेका म्यानपावर व्यवसायीहरुको लुटमा अङ्कुश लाग्न थाल्यो, जसको कारण उनीहरू मन्त्री विष्टप्रति कहिल्यै सकारात्मक भएनन् ।

वैदेशिक रोजगारीकै क्षेत्रमा मन्त्री विष्टले गरेको अर्को महत्त्वपूर्ण काम भनेको म्यानपावर कम्पनीको धरौटी र बैङ्क ग्यारेन्टी पनि हो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा