सरकारका कारण लोकतन्त्र खतरामाः पूर्व मन्त्री बलायर 

Bir B Balayar
Bir B Balayar
November 23, 3:31

डोटी, 
मङ्सिर ७ –                     
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरले काङ्ग्रेसको विकल्प नभएको बताएका छन् । डोटी को आदर्श गाउँपालिका वडा नम्बर २ मा हुन गइरहेको उप निर्वाचनका क्रममा घर दैलो कार्यक्रममा उक्त वडाको भारकोटमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो। कम्युनिस्ट सरकारको काम बिस्तारै जनताका हक अधिकार खोस्ने भएको  बलायरले बताएका छन् ।दुई तिहाइको सरकारले लोकतन्त्रलाई समेत मास्दै गएको उनले आरोप लगाएका छन् । यही मङ्सिर १४ गते हुन गइरहेको उप निर्वाचनमा काङ्ग्रेसलाई विजयी नगरे अझै जनताका हक अधिकार खोसिँदै जाने बलायरले बताएका छन् । सरकार दिनहुँ अधिनायकवाद तर्फ  उन्मुख हुँदै गएकाले रुख चिन्हलाई खोजी खोजी भोट हाल्न  बलायरले अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा देखिएको बलायरले आरोप लगाएका छन्  । 
 प्रधानमन्त्री ओलीले निर्वाचन जित्न राष्ट्रवादको नारा लगाएर जनतामा भ्रम सिर्जना गरेको समेत बलायर टिप्पणी गरे।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा