धनगढीमा प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड हुने 

Sports Award
Sports Award
December 02, 4:49

धनगढी, मंसीर १६ - धनगढीमा प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड हुने भएको छ । सुदूरपश्चिमको खेलकुदको विकास, विस्तार र सम्भावनाको खोजीसँगै खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरुको काममा उत्साह थप्नका लागि स्थापना भएको खेलकद पत्रकार मञ्च कैलालीले प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड गर्ने भएको हो । मञ्चले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै पौष १५ गते स्पोर्टस अवार्ड गर्ने घोषणा गरेको हो । 
‘सुदुरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरुमा देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्नेछ,’ खेलकद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले भने, ‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडी, प्रशिक्षक र खेलकुद क्षेत्रमा लागेकाहरुको योगदानलाई उचित कदर गर्ने पनि स्पोर्टस अवार्डको लक्ष्य छ ।’
उनका अनुसार अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने उनले बताए । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । बर्ष पुरुष खेलाडी र बर्ष महिला खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने योजना समेत रहेको खेलकुद पत्रकार मञ्चले जनाएको छ ।
विभागीय टीमबाट खेल्ने यस क्षेत्रका खेलाडीहरुलाई भने अवार्डमा समावेश गरिने छैन् । देशका विभिन्न स्थानमा खेलाडीहरुको प्रदर्शनका आधारमा स्पोर्टस अवार्ड आयोजना भईरहेको अवस्थामा सुदुरपश्चिम प्रदेशमा भने पहिलो पटक अवार्ड आयोजना गर्न लागिएको अवार्डका संयोजक प्रदिप पाठकले बताए । अवार्ड कार्यक्रम गर्न झण्डै साढे ३६ लाख रकम खर्च लाग्नेछ। पत्रकार सम्मेलनमा पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउदले सुदूरपश्चिममा नौलो कार्यक्रमको गर्ने तयारी भएको बताउँदै अवार्ड सफलताको शुभकामना दिए ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा