डोटीको शिखर नगरपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धी घुम्ती शिविर सुरु

Camp
Camp
December 04, 3:56

प्रकाश बम, 
डोटी १८ मङ्सिर १८ – डोटीको शिखर नगरपालिकामा महिलाहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी एकीकृत घुम्ती शिविर सुरु भएको छ । आजबाट सुरु भएको शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षण , यौन रोगको उपचार, रिंगपेसरी सेवा, आइ यु सी डी सेवा इम्प्लान्ट सेवा सञ्चालन गरिने शिखर नगरपालिका स्वास्थ्य इकाई प्रमुख हरिश साहले बताए । नगरपालिका ११ वटै वडामा सञ्चालन गरिने शाहले बताए । शिविरमा पाठेघरको गम्भीर अप्रेसन गर्नु पर्ने अवस्थाका पहिचान गरी पछि सोको पनि उपचार गरिने बताए । 
शिविर उद्घाटनमा शिखर नगरपालिकाकी उप प्रमुख धौली देवी रावलले महिला दिदीबहिनीहरूले कयौँ रोग लाज मानेर लुकाउने गरेको बन्दै दिदीबहिनीले लाज नमानेर उपचार गराउन आग्रह गरिन । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले नगरपालिकाले घरदैलोमा सेवा स्वरूप शिविरको आयोजना गरेकाले यसको भरपुर फाइदा लिन हुन आग्रह गरे । कार्यक्रममा परिवार नियोजन सङ्घ डोटीका कार्यालय प्रमुख चेतराज फुलाराले स्वास्थ्य सेवा केन्द्रबाट हुन नसकेका समस्याहरूको सेवा गरिने भएकाले निकै प्रभावकारी भएको बताए ।
विगतमा शिविरमा यौन रोगको समस्या बढी आउने गरे बताए । उद्घाटन कार्यक्रम वडा नं १ का अध्यक्ष खडक शाहीको अध्यक्षमा सम्पन्न भएको थियो । शिविर शिखर नगरपालिका डोटी र परिवार नियोजन डोटीको संयुक्त आयोजना गरिएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा