राष्ट्रियताको सौदाबाजी गरेर सरकार सत्ताको लालचमा बस्नु हुँदैनः चित्रबहादुर केसी

Chitra Kc
Chitra Kc
December 04, 4:56

धनगढी, १८ मंसिर –  राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सरकारले राष्ट्रियता र सीमाको सौदाबाजी गरेर सत्ताको लालचमा बस्न नहुने बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको कालापानी अभियान सञ्चालनको समापन समारोहलाई सम्बोधन गरेर फर्किएपछि धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी केसीले यस्तो बताएका हुन् ।

‘इतिहासमै दुई तिहाइको शक्तिशाली सरकार छ अहिले ।’ केसीले भने, ‘ भारतले नेपालको मात्रै होइन अन्य छिमेकी राष्ट्रहरूको भूमि समेत वर्षौँ देखि मिच्दै आएको छ ।

त्यसकारण उसले हाम्रो हडपेको कालापानी र लिपुलेक पनि सहजै छोड्नेवाला छैन ।’ केसीले अगाडी भने, ‘त्यसकारण यो शक्तिशाली सरकारले भारतको चित्त पो दुखी हाल्छ की भनेर बस्नुहुँदैन । सबै दल र जनताको साथ छ सरकारलाई, चाँडै मिचिएको नेपाली भूमि फिर्ताका लागि पहल होस् ।’

उनले देश भन्दा सत्ता ठुलो नभएको भन्दै सत्ता जोगाउन भन्दा देश जोगाउन लाग्नुपर्ने बताए । केसीले विगतका अस्थायी सरकारले भारतको आशीर्वादको लालचमा परेर सीमाहरूको विवाद समाधान गर्न नसकेको भन्दै नेकपाको दुई तिहाइको सरकार पनि देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको सौदाबाजी गरेर सत्तामा बस्न नहुने धारणा राखे ।

उनले सीमा विवाद कूटनीतिक पहलबाट चाडै टुङ्गीदैन भने यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने पनि बताएका छन् ।

केसी राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको कालापानी अभियानको समापन समारोहलाई कञ्चनपुरको महेन्द्रनगरमा सम्बोधन गर्न यहाँ आइपुगेका हुन् । गत मङ्सिर ११ गते कैलालीको धनगढीबाट सुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेलधुरा, बैतडी, डोटी ,दार्चुला हुँदै हिजो महेन्द्रनगरमा पुगेर सम्पन्न भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा