वर्तमान सरकार लक्षित वर्ग विरोधी: पूर्व मन्त्री बलायर 

Bir B Balayar
Bir B Balayar
December 12, 5:21

डोटी

मङ्सिर २६ -
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री वीर बहादुर बलायरले वर्तमान सरकार लक्षित वर्ग विरोधी भएको बताउनु भएको छ । कार्यकर्ता भेटघाट तथा घरदैलो अभियानका क्रममा आज बोगटान फुड्सील गाउँपालिका वडा नम्बर ६ गगुडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री बलायरले यस्तो बताउनु भएको हो । सरकारले स्थानीय निकायको लोकसेवा आयोगमा दलित ,अपाङ्ग, महिला र मधेसी कोटालाई कटौती गरेकाले यो सरकार लक्षित वर्ग विरोधी भयको प्रस्ट पार्नु भयो । पूर्व मन्त्री बलायरले नेपाली काँग्रेस सबै दलित, महिला, युवा, मधेसीको साझा पार्टी भयको र अवसर पनि यही पार्टीमा रहेको कुरा समेत बताउनु भयो । ।

त्यस्तै केन्द्रीय सदस्य बलायरले आफू जति सुकै ठुलो पदमा पुगे पनि साधकी जीवन जिउने र दुख सुखमा जनता सँगै रहने प्रतिबद्धता समेत जनाउनु भयो । वडा एकाइ सभापति गणेश बोगटीको सभापतित्व र केन्द्रीय सदस्य एवम् पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेकपा लाई परित्याग गरी सोही वडाका धर्म सिंह चन्द, शेर बहादुर चन्द, डम्बर सी दमाई, प्रकाश ताम्राकार, भोजराज चन्द र झकेन्द्र ताम्राकार नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नव प्रबेसी लाई टीका लगाउँदै केन्द्रीय सदस्य वीर बहादुर बलायर स्वागत गरेका थिए । नव प्रवेशी हरूलाई केन्द्रीय सदस्य वलाइरले फुलमाला लगाएर स्वागत गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा