पीपीएल क्रिकेटः ज्ञानेन्द्रको काठमाडौं जित्नैपर्ने दबाबमा

PPL
PPL
December 18, 7:37

पोखरा,

पौष २ – 

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौँ गोल्डेन वारियर्सले धनगढी ब्लुज तथा दोस्रो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनको सामना गर्नेछ ।

पहिलो खेल पोखरा क्रिकेट रंगशालामा बिहान ९ बजेबाट शुरु हुनेछ । प्रतियोगितामा काठमाडौँ पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।

सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । काठमाडौँ भने पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित भएको थियो । सोही कारण ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंलाई खेलमा फर्कन जित्नैपर्ने दबाब छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।

दिउँसो पौने १ बजे हुने दोस्रो खेलमा विराटनगरले पोखराको सामना गर्नेछ । प्रतियोगितामा पोखरा दोस्रो जितको खोजीमा रहेको छ भने विराटनगर पहिलो जित निकाल्न चाहान्छ । विराटनगर सोमबार भएको खेलमा धनगढीसंग ५ रनले पराजित भएको थियो । पोखरा गत संस्करणको विजेता समेत हो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा