सुदुरपश्चिम स्पोर्टस अवार्डः वर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटलको साथ

Nisarga
Nisarga
December 21, 12:41

धनगढी,

पुस ५ - 

धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष महिला खेलाडी विधालाई निसर्ग अस्पतालले प्रायोजन गरेको हो ।

स्पोर्टस अवार्डमा दिईने ६ वटा विधा मध्येको बर्ष महिला खेलाडी विधाको नाम निसर्ग हस्पिटल बर्ष महिला खेलाडी हुने भएको छ । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका प्रवन्ध निर्देशक कुवेर शाही र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव तथा अवार्ड कार्यक्रमका संयोजक प्रदीप पाठकले हस्ताक्षर गर्नुभएको छ ।

खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई सम्मान गर्नका लागि हुन गईरहेको अवार्डमा सहकार्य गर्न पाउँदा खुशी लागेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका प्रवन्ध निर्देशक कुवेर शाहीले बताउनुभयो । उहाँले स्वास्थ्य र खेलकुद एकअर्कासँग जोडिएको र यस्ता कार्यक्रमले खेलाडीहरुको प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शाही आफु पनि लामो समयदेखि खेलकुदको विकासमा सक्रिय हुँदै आउनु भएको छ । उहाँ धनगढी प्रिमियर लिग सुरु हुनुअघि धनगढीमा भएको धनगढी क्रिकेट लिगमा सहभागी भएको रोयल हसनपुर टीमका मालिक समेत रहन्ु भएको थियो । सुदुरपश्चिममा गुणस्तरीय र अत्याधुनिक स्वास्थ्य सेवा दिईरहेको निसर्ग हस्पिटलको साथले अवार्डलाई अझ भव्यताका साथ सम्पन्न गर्नलाई सहयोग गरेको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मञ्चका महासचिव तथा अवार्ड कार्यक्रमका संयोजक प्रदीप पाठकले बताउनुभयो । 

धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । पाच करोड भन्दा बढी लगानीमा २५ शैय्याबाट अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिईरहेको छ । अस्पतालमा आईसियू, एनआईसियु, पिसिआईयुको व्यवस्था रहेको छ ।

अस्पतालका अनुसार निजि क्षेत्रमा सञ्चालिक अस्पतालहरुमध्ये सेन्ट्रल अक्सिजन सप्र्ला, एयर, भ्याकुम पाईप लाईन पहिलो रहेको छ । अस्पतालले बाल रोग विशेषज्ञ, स्त्री तथा प्रसुति रोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ÷फिजियोथेरापी विशेषज्ञ, जनरल तथा दुरविन प्रविधिबाट सर्जरी विशेषज्ञ, जनरल मेडिशिन ९पेट, छाती, मुटु, सुगर, प्रेसर० विशेषज्ञ, नाक, कान, घाटी रोग विशेषज्ञ, रेडियोलोजिष्ट, किड्नी रोग विशेषज्ञ सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ । 

पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

अवार्ड अन्तर्गतको वर्ष युवा खेलाडीलाई केटिएम वाईक, बर्ष प्रशिक्षकलाई दिनेश सोप र स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटलले प्रयोजन गरिसकेका छन् । अवार्डका दुई विधा बर्ष पुरुष खेलाडी र लाईफटाईम एचिभमेन्ट अवार्डको पनि सम्झौता भईरहेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सदस्य विराज रोस्याराले बताए । 

चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा