जब सन्दिप लामिछानेको अटोग्राफ लिन मैदानभित्रै छिरे यी बालक

Sandip Lamichhane
Sandip Lamichhane
December 22, 2:01

काठमाडौं - नेपाली युवा खेलाडी सन्दिप लामिछाने अहिले मेलबर्न स्टार्सको टिमबाट खेल्न अस्ट्रेलिया पुगेका छन् । आज भएको उनको टिम मेलबर्न स्टार्स र होबार्ट हरिकेन्सबीचको खेल निकै रोमान्चक बन्यो । उक्त खेलमा सन्दिपको टिम मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पच्छ्याएको हरिकेन्स १६ ओभरमा १११ रनमै अलआउट भयो । 

उक्त खेलमा नेपालका युवा खेलाडी सन्दिप लामिछानेले १ विकेट लिएका छन् । उक्त खेलको समयमा एक बालक मैदानभित्रै छिरेका छन् । ती बालक सन्दिप लामिछानेको अटोग्राफ लिन मैदानमा छिरेका हुन् । सन्दिपले बालकलाई उनले लगाएको क्यापमा अटोग्राफ दिएका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा