सुदूरपश्चिम स्पोर्टस अवार्डमा घोडाघोडी अस्पतालको साथ

Ghodaghodi
Ghodaghodi
December 22, 2:18

सुखड,कैलाली - कैलालीको धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई घोडाघोडी अस्पतालमाले साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई सुखडमा रहेको घोडाघोडी अस्पतालले सहयोग भएको हो । कार्यक्रमका लागी घोडाघोडी अस्पतालका सञ्चालन समिति अध्यक्ष विष्णु प्रसाद सापकोटा , र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव भानुभक्त आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्र हस्ताक्षर पछि अस्पतालका सुपरिटेन्डेन्ट धर्मेन्द्र केसि , स्त्री तथा प्रस्तुति डाक्टर मेनुका तामाङले पनि स्पोर्टस अवार्ड सफल बनाउनु पर्ने बताएका थिए । खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि थालनी हुन लागेको नयाँ अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको घोडाघोडी अस्पतालका अध्यक्ष विष्णु सापकोटाले बताए । उनले अवार्डमा सहभागी १८ जना खेलाडीहरूको लागि स्वास्थ्य कार्ड उपलब्ध गराउने समेत जानकारी दिए । उनले स्वास्थ्य कार्ड लिएर आउँदा अस्पतालको नियम अनुसार सेवामा छुट दिने जानकारी दिँदै अस्पतालले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी अस्पतालले हाड जोर्नी , महिला प्रस्तुति रोग लगायतका अन्य रोगहरू सम्बन्धी अत्याधुनिक सेवा सुविधा सहित ५ जना डाक्टरहरूबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, अत्याधुनिक प्रयोगशाला, डिजिटल रेडियोग्राफी ९डिजिटल एक्स–रे ० सेवा लगायतका सेवासहित चौबिसै घण्टा फार्मेसी लगायतको सेवा सुविधा रहेको छ । नयाँ व्यवस्थापनका साथ थप सेवा सुविधासहित सुदूर पश्चिम प्रदेशमै आफ्नै नयाँ भवन निर्माण गरी सेवा दिन लागिरहेको अस्पतालले जनाएको छ । पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिइनेछ । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्चका सचिव भानुभक्त आचार्यले जानकारी दिए । आइतबार भएको नयाँ सम्झौता अनुसार स्पोर्टस अवार्डको हस्पिटल पार्टनर घोडाघोडी अस्पताल प्राली रहने भएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा