स्पोर्टस अवार्डलाई घोडाघोडी नगरपालिकाको साथ

Sports Awards
Sports Awards
December 23, 2:22

धनगढी,

पुस ७ - 

कैलालीको धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई घोडाघोडी नगरपालिकाले साथ दिने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई घोडाघोडी नगरपालिकाले प्रवर्द्धन गर्ने भएको हो ।
कार्यक्रमका लागी घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव भानुभक्त आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको पनि उपस्थिति रहेको थियो । 
खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई प्रोत्साहन गर्नका लागि थालनी हुन लागेको नयाँ अभियानमा नगरपालिकाले प्रवर्द्धन गरेको नगर प्रमुख चौधरीले बताए  

पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिइनेछ । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ । 
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने नेपाल खेलकुद पत्रकार मञ्चका सचिव भानुभक्त आचार्यले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा