स्वास्थ्य-सौन्दर्य
June 06, 11:02
डोटी, जेठ २४ - नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा डोटीका सदस्य तथा प्रेस युनियन डोटीका उपाध्यक्ष चक्र कुँवरले क्वारेन्टाइनमा बसेका १ सय ९० जनालाई खाद्य तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । रेडियो डोटीका प्रबन्ध निर्देशक समेत रहेका कुँवरले आफ्नो जन्मभूमि बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ४ सात्फरी पुगेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
भारतबाट फर्किएर वडा नम्बर ४ सात्फरिका विभिन्न ११… विस्तृतमा
June 04, 12:28
डोटी : डोटीमा एकै दिन दुई महिलाले क्वारेन्टाइनमा शिशुलाई जन्म दिएकी छिन्। दिपायल सिलगढी नगरपालिका २, खातिवडास्थित देवी माविमा रहेको क्वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका ३, छडिमाडौंस्थित भवानी आवि खन्याडीमा रहेको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले शिशुलाई जन्म दिएकी हुन्।
दिपायल सिलगढी नगरपालिका-२ खुल्लेखमा घर भएकी आउजीले बुधबार राती १ बजेर ४४ मिनेटमा छोरालाई जन्म… विस्तृतमा
June 03, 4:30
डडेल्धुरा, जेठ २१ – डोटीकोे शिखर नगरपालिका –९ अन्तरगत दानकोट स्वास्थ्यचौकी डोटीमा कार्यरत अहेव रमेश कुवरमाथि भएको आक्रमणविरुद्ध नेपाल स्वास्थ्यकर्मी संघ डडेल्धुराले आपत्ति जनाएको छ । संघले विज्ञप्ति निकाल्दै चिकित्सकमाथि अराजक तत्वहरुले सांघातिक आक्रमण गरि गम्भीर घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
स्वास्थ्यकर्मी संघका डडेल्धुरा अध्यक्ष एवं सामाजिक अभियन्ता प्रेमबहादुर… विस्तृतमा
June 03, 2:27
कैलाली, जेठ २१ – नेपाल मेडिकल कलेजका चिकित्सक माथि हातपात गर्ने दोषिलाई कारबाहीको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् ।
घटना भएको आठ दिन भइसक्दा पनि कारबाहीको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । नेपाल मेडिकल कलेजका चिकित्सक संघ सुदूरपश्चिम प्रदेश कमिटिले पनि बुधबार चिकित्सकमाथि भएको हातपात र डोटीको शिखर नगरपालिकामा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट घटनालाई लिएर… विस्तृतमा
June 01, 4:24
आज एकै दिन कोरोनाका २ सय २६ जना नयाँ संक्रमित थपिएका छन्। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ।
अहिलेसम्म नेपालमा ७१ हजार ९ सय ३ जनाको पीसीआरु परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २ सय २१ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।
त्यसैगरी अहिले १५ सय ६९ जना आइसोलेसनमा छन् भने १… विस्तृतमा
June 01, 1:16
धनगढी, जेठ १९ - सुदूरपश्चिममा छैटौँ व्यक्तिले कोरोना भाइरस लाई जितेका छन्। डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १० का २८ वर्षीय युवकले १० दिनमै कोरोनालाई जितेका हुन्।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको दुई पटक रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदिश विष्टले बताए।
सरकारी कर्मचारी समेत रहेका ती… विस्तृतमा
May 30, 3:01
धनगढी, जेठ १७ – गौरीगंगा नगरपालिकाको वडा न ६ का समाजसेवी धर्मराज शर्माले भारत लगायत अन्य देशबाट आएर क्वारेन्टाइनमा बसेकाहरूलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले क्वारेन्टाइनमा बसेकाहरुका लागि भनेर १ सय ५० मास्क र ३ लिटर सेनिटाईजर वडा सदस्य टेकबहादुर कुँवरलाई हस्तान्तरण गर्नु भएको छ ।
भारत लगायत विभिन्न देशबाट आएर वडा भित्रका तिन वटा विद्यालयमा बसिरहेका १५० जनालाई आवश्यक पर्ने… विस्तृतमा
May 30, 9:28
धनगढी, जेठ १७ - कैलालीका पूर्वी क्षेत्रका स्थानीय तहहरूको सहकार्यकमा टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारी भएको छ ।
देशभरि पछिल्लोपटक कोरोना संक्रमितको संख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् ।
कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा जुटेका… विस्तृतमा
May 27, 2:43
मनमोहन पनेरू, डोटी, जेठ १४ – दिपायल सिलगढी नगरपालिका वडा नं २ ले स्थापना गरेको क्वारेण्टाइनमा योगाभ्यास गरिदै आएको छ । वडाध्यक्ष राजेन्द्र खड्काको समन्वयमा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र दिपायलको सहयोगमा योगाभ्यास गराईएको हो ।
क्वारेण्टाइनमा बसेकाहरुको शारिरिक व्यायम पनि हुने, रोग प्रतिरोधात्मक क्षमता पनि पढ्ने र मनोरञ्जन पनि हुने भएकाले योगा अभ्यास गराउने गरेको वडाध्यक्ष राजेन्द्र खड्काले… विस्तृतमा
May 26, 7:32
धनगढी, १३ जेठ - धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाईमा मंगलबार त्रिनगरभन्सार नाका क्षेत्रमा सरसफाई पछि सेनीटाईज काम गरिएको छ ।
उप–महानगरपालिका सरसफाई शाखाका कर्मचारीहरु सहित नगरप्रमुख वड बिहानै त्रिनगरभन्सार क्षेत्रमा पुगेका थिए । सिमामा अलपत्र परेकाहरुकालाई खाना खुवाएका पेपर प्लेटहरु,पानीका बोतलहरु, चाउचाउ बिस्कुटका खोस्टाहरुले भन्सार क्षेत्र छेउछाउ फोहर बढेको थियो नगरप्रमुख वडले… विस्तृतमा
May 25, 3:25
धनगढी, जेठ १२ – स्वास्थ्य सामग्री अभाव रहेको सुदूरपश्चिममा कोरोनाका परीक्षणका लागि स्वास्थ्य सामग्री आइपुगेको छ । आज नेपाली सेनाको स्काइ ट्रक मार्फत चार हजार थान आरडीटी किट र दुई हजार एक सय ५० थान भिटिएम ल्याइएको हो ।
श्री भवानी दल गण तेघरी कैलालीका प्रमुख सेनानी विकास केसीले सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । सुदूरपश्चिममा कीट अभावका कारण… विस्तृतमा
May 24, 2:25
धनगढी, ११ जेठ – सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा बरिष्ठ समाजसेवी डाक्टर आरजु राणा देउवाको पहलमा धनगढीका तीन वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ ।
धनगढी उप–महानगरपालिका मातहतका फुलवारी स्वास्थ्य चौकी , उर्मा स्वास्थ्य चौकी र बेली शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य… विस्तृतमा
May 18, 10:31
काठमाण्डौं, जेठ ५ - कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको शिशु, श्रीमान्, सासु र बहिनीमा कोरोना नेगेटिभ देखिएको छ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए।
ुउहाँहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ,ु उनले भने ुसबैको अवस्था सामान्य छ।ु
उनका अनुसार नवजात शिशुमा… विस्तृतमा
May 06, 6:18
वीरगन्ज, वैशाख २४ - वीरगन्जमा बुधबार कोभिड–१९ संक्रमण पुष्टि भएका १७ जना एकै परिवारका भएको पाइएको छ । उनीहरुकै परिवारका ३६ वर्षीय पुरुषमा आइतबार बैशाख २१ मा कोभिड संक्रमण पुष्टि भएको थियो ।
वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी ती पुरुषमा संक्रमण पुष्टि भएपछि उनका परिवार र आफन्तको गरि ३२ जनाको थ्रोट स्वाब संकलन गरि परीक्षणका लागि गत सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नारायणी… विस्तृतमा
May 04, 1:31
धनगढी, वैशाख २२ – कोरोना आशंकामा थप २ जनालाई सेती अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिकाको मसुरीयाका ३२ बर्षीय पुरुष र उनकी ८ बर्षकी छोरी आइसोलेसनमा भर्ना भएका हुन ।
दुवै जना जिल्ला बाहिरबाट नआएको बुझिएपनि रुघाखोकी र ज्वरो आएपछि अस्पतालको आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।
यसअघि कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाकी एक युवतीलाई पनि प्रादेशिक अस्पतालको आईसोलेसनमा… विस्तृतमा