स्वास्थ्य-सौन्दर्य
May 03, 4:51
२१ वैशाख, काठमाडौं - बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ जना महिला छन् । र संक्रमित ७ देखि ५८ वर्ष उमेरका छन् ।
यसअघि नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको थियो ।
यससँगै नेपालमा कोरोना… विस्तृतमा
April 23, 5:10
मनमोहन पनेरु, डोटी, वैशाख, ११ – शैलेश्वरी अस्पताल डोटीले पत्रकार महासंघ डोटी शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अस्पतालले जिल्लामा क्रियासिल पत्रकारहरुका लागि मास्क, सेनेटाइजर, ग्लोव्स र सावुन हस्तान्तरण गरेको हो ।
विश्वमा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण तिव्र गतिमा फैलिरहेको अवस्थामा नेपालमा पनि जोखिम बढ्दै गएको छ । भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पत्रकारहरू… विस्तृतमा
April 23, 3:46
शेरबहादुर सिंह, कञ्चनपुर, वैशाख ११ – गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गरेका थिए।
सोही बेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गरेपछि विकसहित त्यहाँ मजदुरमा रहेका नेपालीहरु हिडेरै भएपनि घर फर्किने निर्णयमा पुगे। दुई दिन पैदल हिँडेर… विस्तृतमा
April 17, 5:15
धनगढी – धनगढी उप–महानगरपालिकाले कोरोना भाइरस ( कोभिड,१९) को जोखिमबाट बच्नका लागि पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
उप–महानगरपालिकाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । नगरप्रमुख नृपबहादुर वडले नेपाल पत्रकार महासंघका कोषाध्यक्ष हिमाल जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल… विस्तृतमा
April 17, 4:20
सरकारले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा खटिने ३३ जना आवसीय चिकित्सकलाई जहाज चार्टर्ड गरेर सुदूरपश्चिम पठाएको छ।
शुक्रबार यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको हो। मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले सरकारी छात्रवृत्तिमा बढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटिनको लागि पठाइएको बताए। ‘उहाँहरू सबै एमडिएमएस दोस्रो वर्षका… विस्तृतमा
April 16, 3:35
धनगढी, वैशाख ४ -
राजधानीको कलंकिस्थित एल.आर.आई. स्कुलले कोरोनाबाट बढी प्रभावित बनेको सुदूरश्चिम प्रदेशमा ५० थान बेडसेट पठाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत उक्त सामग्री प्रदान विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले सुदूपश्चिम सरकारलाई पठाएका हुन्।
प्रदेश सात कोरोनाबाट बढी प्रभावित भएकाले थोरै भए पनि सरकारलाई रोगसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूका लागि सहयोग पुगोस्… विस्तृतमा
April 08, 1:06
धनगढी, चैत्र २६ - क्वारेन्टाईनमा राखिएकाको नमूना संकलन गर्नको लागि प्राविधिकहरुको टोली डोटी पुगेको छ। आवश्यक स्वास्थ्य समाग्री सहित प्रविधिकहरुको टोली बुधबार विहान डोटी पुगेको हो।
भारत तथा तेस्रो मुलुक बाट आएर क्वारेन्टाईनमा राखिएका हरुको कोरोना परीक्षणका लागि स्वाव संकलन गर्न टोली डोटी पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
April 07, 6:58
धनगढी, चैत्र २५ – सेती प्रादेशिक अस्पतालमा हालसम्म संकलन गरिएका ६५ जनाको थ्रोट स्वावको नमूना मध्ये ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमध्ये चार जनाको पोजिभिट आएको छ । अन्य ११ जनाको रिपोर्ट भने आईसकेको छैन ।
सेती प्रादेशिक अस्पतालले कोरोनाको आशंका गरिएका २१ जना भने सञ्चो भएर घर फर्केको जनाएको छ । हाल सेती प्रादेशिक अस्पतालमा चार जना कोरोना संक्रमित र एक जना आशंका गरिएका व्यक्तिको उपचार भईरहेको छ… विस्तृतमा
April 07, 6:49
धनगढी, चैत्र २५ – सरकारले कैलाली र कञ्चनपुरमा पनि कोरोना आशंका गरिएका व्यक्तिहरुको कोरोना परीक्षण सुरु भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कैलाली र कञ्चनपुरमा पोर्टेबल पीसीआर मेसिन र र्यापिड टेस्ट किटमार्फत कोरोना परीक्षण शुरु भएको जानकारी दिएका हुन् ।
मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले कैलालीमा १८ जना र कञ्चनपुरमा २१ जनाको कोरोना परीक्षणको काम… विस्तृतमा
April 03, 8:57
कृष्णराज जोशी
विश्व अहिले कोभिड–१९ को अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ । चिनबाट सुरु भएको यो महामारी अहिले विश्वव्यापी बन्दैछ । यो संक्रमण छोटो समयमै तीव्र रुपमा फैलिरहेको वर्तमान अवस्थामा हाल नेपालमा समेत यसको प्रभाव न्यून रहेपनि सम्भावित भयावह स्थितिलाई रोक्न निकै ठूलो चुनौती खडा भइसकेको छ । अझ भन्नुपर्दा यसको पूर्वतयारीमा निकै ढिलो भइसकेको छ र रोकथामका लागि हामी सवैले आ–आफ्नो… विस्तृतमा
April 02, 7:07
कैलाली, धनगढीमा कोरोना परीक्षण कार्य सुरु भएको छ । धनगढीको सेती प्रादेशिक (कोरोना विशेष) अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाबाट आजैदेखि परीक्षण सुरु भएको हो ।
प्रयोगशालामा कोरोनाका शङ्कास्पद व्यक्तिहरूको थ्रोट स्वावको नमुना परीक्षण गर्न थालिएको प्रादेशिक अस्पतालले जनाएको ।
सङ्घीय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परीक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलिकोप्टर मार्फत… विस्तृतमा
April 02, 10:11
– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ ।
हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो ।
रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक… विस्तृतमा
April 02, 9:22
धनगढी, चैत्र २० - सुदूरपश्चिमको कोरोना विषेश सेती प्रादेशिक अस्पतालमा आजबाट कोरोना परीक्षण शुरु हुने भएको छ । केन्द्र सरकारले पठाएका परीक्षण सम्बन्धि उपकरण जडानको काम अन्तिम चरणमा पुगेको सेती अस्पतालले जनाएको छ ।
मंगलवार उपकरणसंगै काठमाडौबाट आएको विज्ञ टोलीले अधिकांस उपकरण जडानको कार्य बुधबारनै सम्पन्न गरिसकेको छ । बाँकी रहेका काम सकेर आजदेखि नै नमुना परिक्षण गर्ने तयारी भएको टोलीको भनाइ छ । … विस्तृतमा
March 31, 8:42
धनगढी, चैत्र १८ – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भिडियो कन्फ्रेन्सबाट प्रदेशका नौवटै जिल्लाको अवस्था बारे जानकारी लिइरहेका छन ।
कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति बारे प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख लगायतसंग उनले भिडियो कन्फ्रेन्सबाट जानकारी लिएका हुन ।
मुख्यन्त्रीले क्वारेन्टाइनमा बस्नेहरुको अवस्था, खाद्यान्न लगायतका… विस्तृतमा
March 30, 4:25
डोटी, चैत्र १७ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको आशंकामा डोटीबाट दुई जनाको स्वाब परीक्षणको लागि प्रदेश प्रयोगशाला धनगढी पठाएको छ । एक जना भारतको पुनाबाट ५ दिन अगाडी घर आएका ३२ वर्षीय युवा हुन् भने अर्का पनि ३३ वर्षीय युवा भारतको तेलंगना प्रदेशबाट १३ दिन अगाडी नेपाल आएका थिए ।
दुवै जना सोमबार अस्पतालको सम्पर्कमा आएका हुन् । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले सोमबार नै… विस्तृतमा