स्वास्थ्य-सौन्दर्य
July 20, 12:54
रौतहट, साउन ४ - डाक्टर गाेविन्द केसी औषधि बाेकेर बाढी प्रभावित जिल्ला राैतहट पुग्नु भएकाे छ । बाढी प्रभावित इशनाथ नगरपालिकाको बन्जरहामा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले बाढी पीडित नागरिककाे स्वास्थ्य परीक्षण गर्नु भएकाे छ ।
बाढीको डुबानमा रहेकाे इशनाथको बन्जरहामा महामारी फैलने सम्भावना बढ्दै शुक्रबार बिहान रौतहट सदरमुकाम गौर आइपुग्नु भएका डाक्टर केसीले बन्जरहाको स्थानीय स्वास्थ्य… विस्तृतमा
July 20, 12:36
रगतमा चिनीको मात्रा बढि हुने भएकाले मधुमेह रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्तासुगर रोगीले सिमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै छौँ जुन मधुमेह नियन्त्रणका लागि खान अत्यावश्यक छ ।
१. स्याउः
भनिन्छ, दिनको एउटा स्याउले डाक्टरलाई… विस्तृतमा
July 20, 11:12
धनगढी, साउन ४ - धनगढी उप–महानगरपालिकाका वडा तहमा शारीरिक तन्दुरुस्ती चेक जाँच शिविर संचालन गरिने भएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार शनिवार देखि रीरिक तन्दुरुस्ती चेक जाँच शिविर वडामा सुरु गरिने भएको हो । नगरबासीको निशुल्क स्वास्थ्य परिक्षण गर्नका लागि शिविर संचालन गरिरहेका छौं नगरप्रमुख वडले भने, यस शिविरबाट बढी भन्दा बढीलाई सेवा लिन म आग्रह गर्दछु ।
धनगढी उप–… विस्तृतमा
July 12, 12:23
धनगढी, असार २७ - धनगढीमा अस्पतालहरुबाट निस्कीने फोहर र त्यसको ब्यबस्थापनका बारेमा शुक्रवार छलफल भएको छ ।
धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले सरकारी तथा निजी अस्पताल, निजी मेडिकल र क्लीनीक, ल्यावहरु संचालक तथा प्रतिनिधीहरु संग छलफल गरेको हो । धनगढी अस्पतालको शहरको रुपमा विकास भैरहेको भएपनि त्यहाँबाट निस्कने फोहर ब्यबस्थापन गर्न समस्या भैरहेको छ ।
धनगढीमा मात्रै झण्डै दर्जन निजी अस्पताल रहेका… विस्तृतमा
July 11, 5:17
धनगढी, असार २६ - धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले महिलाहरुमा देखिएको पाठेघर खस्ने समस्याले आफुलाई झस्काएको बताईन ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको मातृत्व तथा पेरिनेटल मृत्यू सम्वन्धी नगरस्तरीय अभिमूखीकरण कार्यक्रममा उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन । सुरक्षित मातृत्व सम्वन्धी चेतनाको अभावले गरिव र बिपन्न महिलाहरु पाठेघर खस्ने समस्या बाट बढी… विस्तृतमा
July 07, 5:19
धनगढी,२२ असार - धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मानव स्वास्थ्यलाई ख्याल गर्न दुग्ध उत्पादन किसान र डेरी ब्यावसायीहरु सँग आग्रह गरेका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले आयोजना गरेको असल उत्पादन अभ्यास तथा दुग्ध निर्देशिका लागु बारे अन्तरक्रिया कार्यक्रम यस्तो आग्रह गरेका हुन । हामी सबै उपभोक्ता हौ नगरप्रमुख वडले भने, उत्पादन गर्ने व्यक्तिको भान्सामा पनि घुमाउरो… विस्तृतमा
July 06, 2:49
धनगढी, असार २१ - गोदावरी नगरपालिकामा पर्ने अत्तरियाको बन खेत स्थित सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालले ज्येष्ठ नागरिकहरूका लागी निःशुल्क मधुमेह शिविर सम्पन्न गरेको छ ।
ज्येष्ठ नागरिकहरूमा मधुमेहको समस्या बढी देखिएको अवस्थालाई मध्यनजर गर्दै गोदावरी नगरपालिकाका ज्येष्ठ नागरिकहरूका लागी अस्पतालले निःशुल्क शिविर आयोजना गरेको हो । शनिबारसम्पन्न १ दिने शिविरमा २ सय भन्दा बढी ज्येष्ठ नागरिकले… विस्तृतमा
June 22, 7:48
धनगढी, असार ७ –
अत्तरियामा रहेको सुदूर पश्चिमाञ्चल सामुदायिक अस्पतालले ३० रुपियाँमै विशेषज्ञ सेवा उपलब्ध गराउने भएको छ । विपन्न तथा दूर दराजका जनतालाई सस्तो र सहज रूपमा सेवा दिने उद्देश्यले सुदूरुपश्चिमाञ्चल सामुदायिक अस्पताल खोलिएको सञ्चालकले जानकारी दिएका छन् ।
सरकारी र सामुदायिक लगानी भएको सुदूर पश्चिमाञ्चल अस्पताल विगत २०७१ सालबाट अत्तरियामा सञ्चालित छ । विपन्न समुदायका नागरिकले सामान्य… विस्तृतमा
June 22, 7:17
धनगढी, असार ७ - धनगढी जेसीजले आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा ७ सय जनाले आँखा जँचाएका छन् । धनगढी जेसीजको आयोजना, जोशी अप्टिकल्स एवं आइ केयर सेन्टरको सौजन्य र राइजिङ्ग स्टार इङ्लिस बोर्डिङ स्कुलको आर्थिक सहयोगमा शनिवार धनगढीको डुङ्गेबजारमा रहेको राइजिङ्ग स्टार इङ्लिस बोर्डिङस्कुलमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ७ सय जनाले आँखा जँचाएको र २२ जनाको मोतिया बिन्दुको शल्यक्रिया गर्नुपर्ने… विस्तृतमा
June 17, 7:14
बलिउड बक्स अफिसमा सय करोड क्लबकी रानी भनेर परिचय बनाएकी नायिका दीपिका पादुकोणका प्रशंसकहरुलाई खुशीको खबर आएको छ । हालै प्रकाशित अब्जर्भर डनको समाचार अनुसार उनी विश्वको सुन्दर महिलाको सूचीमा एक नम्बरमा पर्न सफल भएकी हुन् ।
आफ्नो अभनय तथा सुन्दर फिगरका कारण सधैंजसो लाईमलाईटमा रहने दीपिकाले हलिउड नायिकाहरु कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई पछि पार्दै यो उपाधि चुमेकी हुन् ।
बलिउड नायिका… विस्तृतमा
June 15, 6:37
धनगढी, जेठ ३१ -
धनगढी उप–महानगरपालिकाले उर्मा र फुलबारी क्षेत्रका ५९ जना हाईड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गरेको छ ।
उप–महानगरपालिकाले जेठ २५, २७ र ३२ गते आयोजना गरेको हाईड्रोसिलका बिरामीका लागि आयोजना गरेको शिविरमा शल्यक्रिया गरेको हो । धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अनुसार फुलबारी, उर्मा र बेलीमा गरी तीन वटा स्थानमा हाईड्रोसिलका बिरामीको लागि सिविर संचालन गरिएको थियो । जस मध्य… विस्तृतमा
June 10, 3:10
धनगढी, जेठ २७ - धनगढीको नवजीवन अस्पताल प्रालीले आजदेखि सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले एक समारोह बिच आज आइसियु कक्षको उदघाटन गरे ।
झण्डै दुई करोडको लागतमा अस्पतालले भेन्टिलेटर सहित ६ वेडको आइसियु सेवा सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष एज्ञराज ढुंगानाले बताए ।
आइसियु अभावमा भारत लगायतका अन्य… विस्तृतमा
June 05, 4:29
धनगढी, जेठ २२ – ४५ औं विश्व वातावरण दिवसको अवसरमा एरिस्टो माध्यमिक विद्यालयका विद्यार्थीहरुले हस्ताक्षर संकलन अभियान सम्पन्न गरेका छन् । धनगढी स्थित क्याम्पस चोकमा ‘वायु पदूषण विरुद्ध हाम्रो अभियान’ भन्ने नाराका साथ एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुले वायु प्रदुषण विरुद्ध हस्ताक्षर संकलन गरेका हुन् ।
रूख रोपौं, सरसफाई गरौं, प्लास्टिक प्रयोगको विकल्प रोजौं र प्रदूषणरहित यात्रा गरौं भन्ने… विस्तृतमा
June 05, 4:02
धनगढी, २२ जेठ– बिश्व वातावरण दिवशको अवसरमा आज धनगढी बजारमा सरसफाई गरिएको छ । धनगढी उप–महानगरपालिकाको सहयोग र यूवा शान्ति परिषद नेपालको आयोजनामा बजारको कैलाली नाला देखि जिल्ला प्रहरी कार्यालय कैलाली सम्मको बजार क्षेत्रमा सरसफाई गरिएको हो । त्यसैगरी धनगढी उप–महानगरपालिकाको समन्वयमा बन तथा बातावरण बिभागले नेपाल स्वच्छ वातावरण महाअभियान अन्तरगत सरसफाई कार्यक्रममा सहभागिता जनाएको थियो । सोही क्रममा… विस्तृतमा
May 10, 7:33
काठमाडौँ, २७ बैशाख - यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले… विस्तृतमा