सुदूरपश्चिम स्पोर्टस अवार्ड: लाइफ टाइम एचिभमेन्ट विधालाई ठाकुर ग्रुपको साथ

Sports Award
Sports Award
December 25, 5:08

धनगढी, पुस ९ - धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको ठाकुर ग्रुपले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई ठाकुर ग्रुपले अवार्डको एउटा विधालाई प्रायोजन गरेर साथ दिएको हो । ठाकुर ग्रुपले लाईफटाईम एचिभमेन्ट अवार्डलाई प्रायोजन गरेको हो । यो विधाको नामा ठाकुर ग्रुप लाइफ टाइम एचिभमेन्ट अवार्ड रहने भएको छ । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा ठाकुर ग्रुपका प्रबन्ध निर्देशक हरिशंकर ठाकुर र नेपाल खेलकुद पत्रकार मञ्चका सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।

सरकारी स्तरबाट हुनुपर्ने काम पत्रकारहरुले गरिरहेको अवस्थामा विभिन्न निजी क्षेत्रले सहयोग गरिरहेको थाहा पाएपछि आफूले पनि सामाजिक उत्तरदायित्व सम्झेर अवार्डलाई सहयोग गरेको ठाकुर ग्रुपका प्रबन्ध निर्देशक हरिशंकर ठाकुरले बताउनुभयो । उहाँले खेलकुद क्षेत्रका विभिन्न गतिविधिमा सहयोग गर्न आफू सधैँ तयार रहेको र त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । खेलकुद क्षेत्रको विकास लागि युवा व्यवसायीहरूको हातेमालोले आगामी दिनमा खेलकुद क्षेत्रमा लागेकाहरूलाई हौसला बढाउन सहयोग गर्ने अपेक्षा गर्दै मञ्चका सल्लाहकार दीपक उपाध्यायले ठाकुर ग्रुपलाई प्रायोजन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । 
पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिइनेछ । वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन/तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।

अवार्डका सबै ६ वटा विधाको प्रायोजन भइसकेको छ । वर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, वर्ष महिला खेलाडीलाई निसर्ग अस्पताल, वर्ष युवा खेलाडीलाई केटिएम बाइक, वर्ष प्रशिक्षकलाई दिनेश सोप स्पेसल अवार्डलाई माया मेट्रो हस्पिटल र लाइफ टाइम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले  प्रयोजन गरिसकेको अवार्ड कार्यक्रमका संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदीप पाठकले जानकारी दिनुभयो । त्यसै गरी अवार्डको सह–प्रायोजकको रूपमा शौभाग्यश्वर फार्मेसी रहेको छ भने हस्पिटल पार्टनरमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पार्टनरमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट र प्रवर्द्धकको रूपमा कैलाली जिल्ला खेलकुद विकास समिति र घोडाघोडी नगरपालिका रहेका छन् । 
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने उहाँले जानकारी दिनुभयो । 
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा