सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनका लागि पद्म पब्लिक उच्च मावि मतदान स्थल

Padmapublic MNHSS
Padmapublic MNHSS
December 27, 1:10

धनगढी, पौष ११ – 
निर्वाचन आयोगले ९ माघमा हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदको निर्वाचनका लागि मतदान स्थल तोकेको छ । आयोगले बिहीबार निर्वाचनका लागि सात प्रदेशका सात स्थानलाई मतदान स्थल तोकेको हो । आयोगका अनुसार १९ जना रिक्त हुने राष्ट्रिय सभा सदस्यमध्ये १८ जनाको चयनका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि सुदूरपश्चिममा डोटी जिल्लाको दिपायल–सिलगढी नगरपालिकाकोे पद्म पब्लिक मुक्तिनारायण उच्च माविलाई मतदान स्थल तोकिएको छ ।
प्रदेश १ को विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, प्रदेश ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवनलाई मतदानस्थल तोकिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्की जिल्ला निर्वाचन कार्यालय पोखरा, प्रदेश ५ को दाङको घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन र कर्णालीको सुर्खेत जिल्ला निर्वाचन कार्यालयलाई मतदान स्थल तोकिएको छ ।
निर्वाचनका लागि सातवटा प्रदेशमा गरी प्रदेशसभा सदस्य कुल ५ सय ५० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कुल २ हजार ५६ जना मतदाता रहने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसअनुसार सुदूरपश्चिममा प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ सय ७६ गरी २ सय २९ जना मतदाता रहनेछन् ।
प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख गरी २ सय ८४ गरी जम्मा ३ सय ६७ जना मतदाता रहनेछन् ।
यस्तै, प्रदेश २ मा प्रदेशसभा सदस्य १ सय ७ जना, स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख गरी २ सय ७२ गरी जम्मा ३ सय ७९ जना मतदाता छन् ।
यसैगरी, प्रदेश ३ मा प्रदेशसभा सदस्य १ सय १० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय ३८ गरी जम्मा ३ सय ४८ जना मतदाता छन् ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ७० गरी जम्मा २ सय ३० जना तथा प्रदेश ५ मा प्रदेशसभा सदस्य ८७ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २ सय १८ गरी जम्मा ३ सय ५ जना मतदाता छन् ।

यस्तै, कर्णालीमा प्रदेशसभा सदस्य ४० र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १ सय ५८ गरी १ सय ९८ जना मतदाता रहनेछन् ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा