सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी पूरा, भोलि भव्य रूपमा उद्घाटन गरिने

Sports Awards
Sports Awards
December 30, 8:22

धनगढी, पौष १४ – 
पुस १५ गते मंगलवार धनगढीमा आयोजना हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ को तयारी पूरा भएको छ। आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले पहिलो पटक हुन गईरहेको अवार्डको तयारी पूरा भएको जनाएको हो। अवार्डका लागि खेलाडीहरु धनगढी पुग्ने क्रम सुरु भईसकेको छ भने अन्य आन्तरिक तयारी पनि पूरा भएको खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए। उनले भोली दिउसो २ बजेदेखि धनगढीको ओम प्यालेसमा अवार्ड कार्यक्रम सुरु हुने बताए। 
खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव समेत रहेका अवार्डका संयोजक प्रदिप पाठकले विभिन्न ६ वटा विधामा अवार्ड प्रदान गरिने बताए। ‘चार वटा विधाका विजेतालाई नगद सहित ट्रफी र मेडल प्रदान गरिनेछ,’ उनले भने, ‘स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद सहित ट्रफी र मेडल प्रदान गरिनेछ।’
उनका अनुसार शारदा राईस मिल बर्ष पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खड्क वोहोरा र भारात्तोलनका सागर भण्डारी मनोनयनमा परेका छन्। निसर्ग हस्पिटल बर्ष महिला खेलाडीको मनोनयनमा क्रिकेटकी कविता कुँवर, कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट रहेकी छिन् भने दिनेश सोप बर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन्। केटिएम वाईक बर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा परेका छन्। मनोनयमा परेका तीन÷ तीन जना खेलाडी मध्ये पछिल्लो एक बर्षको उत्कृष्ट प्रदर्शनका आधारमा विजेता खेलाडी छनोट हुने जानकारी दिए। माया मेट्रो स्पेशल अवार्ड र ठाकुर ग्रुप लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिन पुस १५ मा नै गरिनेछ। धनगढीको ओम प्यालेसमा आयोजना हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ। त्यसमा विभिन्न सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछन् भने प्रवेश निशुल्क छ। 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा