कैैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्डः प्रिन्स दाहाल र कविता कुँवर उत्कृष्ट

Sports Awards
Sports Awards
December 31, 6:40

धनगढी, १५ पुस  - 

व्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रका मञ्च कैलालीले आयोजना गरेको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवाडमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन् । 

Image removed.

अवार्ड अन्तरगत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा व्याटमिन्टनका दाहाल सँगै क्रिकेटका खड्ग वोहोरा र भारोत्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेका थिए । दुवै जनलाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भए उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यु–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए । उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने उनी पहिलो हुन् । प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यु–१५ र यु–१९ मा पनि दाहालले स्वर्ण पदक जितेका थिए।

Image removed.
 साउथ एसियन रिजनल च्याम्पियनसिपमा यु–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यु–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए। जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यु–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका दाहाल आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यु–१७ मा स्वर्ण जित्न सफल भएका थिए। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कास्य पदक जितेका थिए। 
वर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविता कुँवरले भने गत जनवरीमा थाइल्यान्डमा भएको टि–२० स्म्यासमा पाँच खेलमा २ विकेट लिन सफल भएकी थिइन्। उनी नेपालका लागि ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ९ विकेट लिन सफल भएकी छिन्। प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पु¥याउने क्रममा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो। उनी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पियन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ नै बनेकी थिइन्। 

Image removed.
वर्षको उत्कृष्ट युवा खेलाडी भने भारोत्तोलनका सागर भण्डारी भएका छन्। सुदुरपश्चिम प्रदेशलाई भारोत्तोलनमा २२ वर्षपछि स्वर्ण पदक जिताउने खेलाडी रहेका उनी वर्षको उत्कृष्ट युवा खेलाडीबाट पुरस्कृत भएका हुन्। उनले गत वर्ष खेलेको खेलमा आफ्नै प्रशिक्षक जीवन गौतमले दिलाएको स्वर्ण पदकको खडेरी तोड्न सफल भएका थिए। उनले सुनिललाल मेमोरियल कपमा भारोत्तोलन प्रतियोगितामा स्वर्णमाथि कब्जा गरेका थिए। जुनियर तौल समूहमा एसियन गेममा समेत उनी सहभागी भएक थिए। 
वर्षको उत्कृष्ट प्रशिक्षक भने भारोत्तोलनका जीवन गौतम भएका छन्। कोरियामा भएको एसियन सिनियर कप भारोत्तोलन प्रतियोगितामा प्रशिक्षक भएर नेपाललाई एक रजत र दुई कास्य पदक जिताउन सफल गौतमलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो। 
यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक सिंहलाई प्रदान गरिएको छ। आफ्नो तीन बर्से कार्यकालमा खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो। 

Image removed.
लाईफ टाइम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती  भनेर चिनिने श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ। उनलाई क्रिकेट र फुटबलमा लामो समय सम्म योगदान दिए बापत लाईफ लाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो। 

Image removed.
अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी सहित प्रदान गरिएको छ। अवार्डका संयोजक प्रदीप पाठकले चार विधाका खेलाडीलाई नगद २५ हजार र लाईफ टाइम र स्पेशस अवार्ड विजेतालाई १० हजार नगद सहित सम्मान गरिएको बताए।

खेलाडीहरूलाई अवार्ड दिँदै सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले प्रदेशमा खेलकुदको विकास गर्ने बताए । खेलकुद पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रमलाई आगामी वर्ष प्रदेश सरकारले थप सहयोग गर्ने बताए । प्रदेशको खेलाडीहरूको प्रवद्र्नमा यो कार्यक्रम महत्त्वपूर्ण रहेको उनले बताएका थिए । 

Image removed.
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा