राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमा नेकपा र नेपाली काँग्रेसको उम्मेदवारी मनोनयन दर्ता

Doti
Doti
January 05, 4:37

चक्र कुँवर, डोटी पुस २० -
राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चार जनाको उम्मेदवारी परेको छ । डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार चार जनाले उम्मेदवारी दिएका छन् । 
सुदूरपश्चिम प्रदेशमा एक खुल्ला र एक जना महिलाका लागि निर्वाचन हुदैछ । जसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट खुल्लातर्फ तारामान स्वाँर र महिलातर्फ शारदा भट्टको उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसका तर्फबाट महिलातर्फ तुलसी देवकोटा र खुल्लामा प्रताप ठगुन्नाले  उम्मेदवारी दिएका छन् । 
दुवै पार्टीले दलबलसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् । उम्मेदवारीपछि उम्मेदवारहरूले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै मतदातालाई आफूलाई मतदान गर्न आह्वान गरे । 
सुदूरपश्चिम प्रदेशमा ८८ स्थानीय तहका एक सय ७६ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र नगरपालिकाका मेयर÷उपमेयरको १८ का दरले गरी तीन हजार एक सय ६८ र प्रदेश सभाका  ५३ जना सांसदको ४८ का दरले गरी दुई हजार पाँच सय ४४ गरी कुल पाँच हजार ७ सय १२ मत भार रहेको छ । 
२०७४ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट खुल्लातर्फ निर्वाचित सांसद नेपाली काँग्रेसका बद्री पाण्डे र महिलातर्फबाट निर्वाचित भएकी नेकपाकी सांसद कमला ओलीको पदावधि दुई वर्ष कायम भएको थियो । उनीहरूको रिक्त हुन लागेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

NominationNomination

 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा