सुदूरपश्चिमका प्रिन्स दाहाल जुनियर ब्याडमिन्टन विश्व वरीयताको १४ औँ स्थानमा

Prince Dahal
Prince Dahal
January 08, 6:42

धनगढी, पौष २३ – नेपाली खेलाडी प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनतर्फको विश्व वरीयतामा १४औं स्थानमा उक्लिएका छन् । यसअघि ३२औं स्थानमा रहेका प्रिन्सले १८ स्थान सुधार गर्दै शीर्ष १४ मा स्थान बनाएका हुन् ।
ब्याडमिन्टनतर्फ नेपाली खेलाडीले हासिल गरेको यो अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेका प्रिन्स ४ महिनाअघि भएको दुवई इन्टरनेसनल सिरिजमा उपाधि जितेपछि विश्व वरीयताको शीर्ष ५० मा उक्लिएका थिए ।
प्रिन्स केही समय अगाडि नेपालमा भएको इन्टरनेशनल सिरिजमा पुरुष एकलतर्फ सेमिफाइनलसम्म पुगेका थिए । योसँगै प्रिन्सले सेनेगलमा हुने २०२२ को युथ ओलम्पिक खेल्ने पक्का भएको प्रशिक्षक कमलेस निरौलाले बताएका छन् । युथ ओलम्पिक २०२२ को मे अथवा जुनमा हुने तय भएको छ ।

यो महिनाभित्र प्रिन्सले अहिलेको बरियतालाई कायम गर्न सके सिनियर ओलम्पिक २०२४ खेल्ने सम्भावना समेत रहेको प्रशिक्षक निरौलाको भनाइ छ ।
उनको स्थायी घर सुदूरपश्चिमको दार्चुला हो । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा