भारतबाट १ करोड ४ लाख भारतीय रुपैयाँ चोरेर भागेका श्रीमान्-श्रीमती ६५ लाखसहित पक्राउ
धनगढी, २९ पौष –
कैलाली प्रहरीलाई गत डिसेम्मबर ४ तारिख अर्थात् मङ्सिर १८ गते भारतको नयाँ दिल्लीबाट १ करोड ४ लाख बराबरको रकम र अन्य सामान चोरी भएको सूचना भारतीय राजदूतावासबाट प्राप्त भयो ।
भारतेको नयाँ दिल्लीमा काम गर्दे आएका श्रीमान् श्रीमती मिलेर चोरी गरेको दाबी गरिएको थियो । उक्त घटनामा अनुसन्धान थालेको प्रहरीले गत पौष २६ गते कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ६ मा बस्दै आएकी बिन्दा थापाको घरमा खानतलासी थाल्यो ।
खानतलासीका क्रममा प्रहरीले बिन्दा थापाको कच्ची घरमा रहेको कोठा भित्र खटियामुनि खाल्टो खनेर टिनको बाकस भित्र प्लास्टिक र कपडामा बेरी लुकाई छिपाई गरी राखेको अवस्थामा ६५ लाख भारतीय रकम बरामद ग¥यो ।
सोधपुछका क्रममा रकम चोरीमा संलग्नहरू बाजुराको बुढिगंगा नगरपालिका १ घर भएका २९ वर्षीय जयसिंह थापा र उनकी श्रीमती मना कुमारी खड्कालाई पक्राउ गर्न प्रहरी सफल भयो ।
अनुसन्धानबाट उनीहरूसँग भएको ६५ लाख भारतीय रकम बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए ।
हालसम्म घटनामा अन्य व्यक्तिको प्रत्यक्ष संलग्नता नदेखिए पनि केही व्यक्ति सोधपुछमा तानिएको पनि उनको भनाई छ ।
अन्य रकमका विषयमा र घटनाका विषयमा अनुसन्धान जारी रहेको बस्नेतले बताए ।