कञ्चनपुरको पुनर्वासमा मेयर कप फुटबल प्रतियोगिता सुरु  

Mayor Cup
Mayor Cup
February 09, 12:23

पुनर्वास, २६ माघ – कञ्चनपुरको पुनर्वासमा शनिवारदेखि मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ सुरु भएको हो । प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट वोहोराले गर्नुभयो । सो अवसरमा वोल्दै मन्त्री वोहोराले प्रदेश सरकार खेलकुद क्षेत्रको विकासका लागि लागिरहेको र यसलाई प्राथमिकताका साथ अगाडी लगिरहेको बताउनुभयो । उहाँले खेलाडी राष्ट्रका गहना भएकोले उनीहरुको प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता हुन आवश्यक रहेको भन्दै उहाँले सवै स्थानीय तहहरुले पनि खेलकुदमा लगानी वढाउनुपर्नेमा जोड दिनुभयो । सीमावर्ती क्षेत्रको पुर्नवास नगरपालिकाले मेयर कप फुटबल प्रतियोगिता आयोजना गरेकोमा खुशी व्यक्त गर्दै मन्त्री वोहोराले प्रदेश सरकार सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले खेलकुदप्रति प्रदेश सरकार सकारात्मक रहेपनि विविध समस्याका कारण आवश्यकता अनुसार बजेट विनियोजन गर्न नसकेको बताउनुभयो । मन्त्री बोहोराले खेलकुदलाई समेत प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने जानकारी दिनुभयो । उहाँले कञ्चनपुरको पुनर्वासमा खेलकुद मैदानका लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो । पुर्नवास नगरपालिका मेयर तथा नगर खेलकुद विकास समितिका संयोजक जीवन थापाको अध्यक्षमा भएको उद्घाटन समारोहमा नेकपाका सचेतक तारा लामा तामाङ विशिष्ठ अतिथि रहनु भएको थियो । 
फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिएको छ । उद्घाटनका दिन सहभागी टीमको खेल भएन् । आयोजक नगर खेलकुद विकास समितिका पदाधिकारी तथा कैलाली र कञ्चनपुरका पत्रकार सम्मिलित टोलीबीच उद्घाटनका दिन मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ । मैत्रीपुर्ण खेलमा नगर खेलकुद विकास समितिले पत्रकारको टीमलाई ४–२ ले हराएको छ । नगर खेलकुद विकास समितिका लागि मन्नु खातीले दुई गोल गरे भने खडक विक्रम थापा र सुरेश अधिकारीले एक एक गोल गरे । पत्रकार टीमका लागि किशोर तामाङ र राजेश चौधरीले एक एक गोल गरे । मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आईतवारदेखि खेलहरु हुनेछन् । आईतवार दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेललमा पुर्नवास नगरपालिका निलो र कृष्णपुर नगरपालिका तथा दोस्रो खेलमा गोदावरी नगरपालिका र वेलडाडी गाउँपालिका बीच खेल हुनेछ । 
राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन हुने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले जानकारी दिनुभयो । 
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।
 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा