मेयर कप फुटबल प्रतियोगिताः आयोजक पुर्नवास रातो र वेलौरी नगरपालिका विजयी

mayor cup
mayor cup
February 10, 6:10

पुनर्वास, माघ २६ - कञ्चनपुरको पुनर्वासमा भईरहेको प्रथम मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार दुई खेल भएका छन् । पुनर्वास नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भईरहेको प्रथम मेयर कप पुरूष फुटबल प्रतियोगिता २०७६ को सोमवारको खेलमा विजयी हुँदै आयोजक पुर्नवास नगरपालिकाको रातो टीम र वेलौरी नगरपालिका क्वाटरफाईनलमा पुगेका छन् । पुर्नवास नगरपालिका वडा नम्बर ३ स्थित ६५ विगाहको खेल मैदानमा सोमवार भएको पहिलो खेलमा वेलौरी नगरपालिकाले कैलारी गाउँपालिकालाई ३–० ले हरायो । वेलौरीको जितमा दिपेन्द्र शाहीले ह्याट्रिक गरे ।

पहिलो हाफको २७ औं मिनेटमा गोल गरेका शाहीले दोस्रो हाफको २ मिनेट र दोस्रो हाफकै १४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । वैलारीका दिपेन्द्र शाही खेलको म्यान अफ द म्याच भए । सोमवारको दोस्रो खेलमा आयोजक पुर्नवास नगरपालिका रातोले लालझाडी गाउँपालिकालाई २–० ले हरायो । पुर्नवास रातोले दुवै गोल पहिलो हाफमा गरेको हो । पुर्नवासका लागि फिलिप तामाङले पहिलो हाफको १३ औं मिनेट र रोहित तामाङले पहिलो हाफको ३५ औं मिनेटमा गोल गरे । दोस्रो हाफमा कुनै पनि टीमले गोल गर्न सकेनन् । पुर्नवास रातोका फिलिप तामाङ म्यान अफ द म्याच भए । इसअघि आईतवार भएको खेलमा आयोजक पुर्नवास नगरपालिका निलोले कृष्णपुर नगरपालिकालाई २–१ ले हराएको थियो भने गोदावरी नगरपालिकाले वोराडाँडी गाउँपालिकालाई ४–१ ले हराएको थियो । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मंगलवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक पुर्नवास नगरपालिका निलो र भिमदत्त नगरपालिका तथा दोस्रो खेलमा पुर्नवास नगरपालिका रातो र धनगढी उपमहानगरपालिका बीच प्रतिस्पर्धा हुने प्रतियोगिताका मिडिया संयोजक भरत वोहोराले जानकारी दिनुभयो । प्रतियोगितामा कैलाली कञ्चनपुर र वर्दियाका गरी १२ वटा स्थानीय तहका टीमहरुले सहभागीता जनाएका छन् । सहभागी १२ टीमलाई दुई समुहमा विभाजन गरेर नकआउटका आधारमा प्रतियोगिता सञ्चालन भईरहेको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पुनर्वास नगरपालिकाको संयोजकत्वमा र नगर खेलकुद विकास समिति पुनर्वासको आयोजनामा सुरु भएको मेयर कप फुटबल नकआउट आधारमा सञ्चालन भईरहेको प्रतियोगिताका संयोजक खडक विक्रम थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमले दुई लाख नगद सहित ट्रफी र प्रमाणपत्र पाउने पुनर्वास नगर स्तरीय खेलकुद विकास समितिका सदस्य सचिव लालमन तामाङले जानकारी दिनुभयो । त्यस्तै, म्यान अफ दि म्याचलाई दुई हजार नगद, बेस्ट प्लेयरलाई दश हजार नगद र बेस्ट स्कोररलाई सात हजार नगद तथा बेस्ट किपर, राइजिङ प्लेयर र बेस्ट डिफेन्सलाई पाँच हजारका दरले पुरस्कृत गरिने छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा