कैलालीको टीकापुरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

Lagu Aushadh
Lagu Aushadh
February 16, 12:00

धनगढी, फागुन ४ – कैलालीको टीकापुरबाट लागु औषध खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर ९ को खक्रौला सडक खण्डमा भारतबाट आइरहेको सु.प.प्र.०१–००७प ९२९१ नम्बरको मोटरसाइकलमा लागु औषध ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाका २४ वर्षीय चन्द्र बहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीको टोलीले उनीहरूबाट ३० ग्राम ९ सय मिलिग्राम खैरो हिरोइन(ब्राउन सुगर) बरामद गरेको छ । कालो पोलिथिनमा लुकाएर ल्याउँदै गर्दा उक्त परिमाणको लागू औषध बरामद गरिएको हो । उनीहरूको मोटरसाइकल समेत बरामद गरिएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा