७० करोड काण्डपछि संचार मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

Baskota
Baskota
February 20, 4:13

काठमाडौं – संचारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। ७० करोड घुस प्रकरणको टेप सार्वजनिक भएको भोलिपल्ट बाँस्कोटाले राजीनामा दिएका हुन्।
उनको राजीनामाबारे संसदमा अनौपचारिक रुपमा जानकारी पुगेको छ।  संसदमा सभामुख अग्नि सापकोटाले राजीनामाको अनौपचारिक जानकारी आएको बताए। कञ्चनपुरमा रहेका बाँस्कोटा आजैमात्र काठमाडौं फर्केका हुन्। उनी यहाँ आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।
अडियो टेप सार्वजनिक भएपछि बाँस्कोटाले कञ्चनपुरमा गल्ती गरे सजाय भोग्न तयार रहेको प्रतिक्रिया दिएका थिए। उनले कम्युनिष्टहरुले भ्रष्टाचार नै गर्न नसक्ने ठोकुवा गरेका थिए। 
नेपाली कांग्रेसले समेत बाँस्कोटाको राजीनामा माग्दै अनुसन्धान हुनुपर्ने माग राखेको थियो। कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रियसभा अवरुद्ध गरेको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा