जोनापुरमा जारी प्रदेश स्तरिय फुटवलमा समैजि मावि र पुस्पाञ्जली मावि अत्तरीया भिड्ने

Jonapur
Jonapur
February 21, 6:36

धनगढी, ९ फागुन – गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा जारी अन्तरविद्यालय प्रदेश स्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधिका लागि समैजि मावि माझगाउ र पुस्पाञ्जली इङग्लीस बोर्डिङ स्कुल अत्तरीया भिड्ने भएका छन । सेमिफाइनलका खेलहरुमा जित हात पार्दै फाइनल पुगेका यि दुइ टोलीले सनिबार उपाधिका लागि खेल्ने छन ।
शुक्रबार सम्पन्न सेमिफाइनल अन्र्तगतको पहिलो खेलमा पुस्पाञ्जली अत्तरीया पञ्चोदय माबि धनगढीलाइ २–१ गोल अन्तरले पराजित गर्दै फाइनले प्रवेस गरेको हो भने दोश्रो खेलमा समैजि मावि माझगाउ, उज्यालो सिसु सदन लम्किलाइ ६–० गोल अन्तरले पराजित गर्दै फाइलन पुगेको हो । सनिबार दिउसो १ बजे देखि सुरु हुने फाइनल खेलका बिजेताले १ लाख पुरस्कार पाउने छ ।
उपविजेताले भने ५० हजारमा चित्त बुझाउने छ । प्रतियोगितामा प्रदेशका १९ वटा विद्यालयको सहभागिता थियो । फुटबलको उर्बरभुमिका रुपमा परीचित जोनापुरमा प्रदेस स्तरीय अन्तरबिद्यालय छात्र फुटबल प्रतियोगिता पहिलो पटक आयोजना भएको हो । आयोजक मदर ल्याण्ड युथ क्लबले यस अघिका बर्षहरुमा क्लब स्तरीय प्रतियोगिता गर्दै आइरहेको थियो । यस बर्ष भने विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्ने गरी विद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष श्रवण चौधरीले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा