खप्तड गोल्डकप सुरुः कञ्चनजंघा क्वाटरफाईनलमा

Khaptad Goldcup
Khaptad Goldcup
February 21, 6:57

धनगढी, फागुन ९ - नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा सुदुरपश्चिमको एक मात्रै गोल्डकप धनगढी रंगशालामा सुरु भएको हो । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजंघा फुटबल क्लब विजयी भएको छ ।
धनगढी रंगशालामा भएको खेलमा वागमती युवा क्लब सिराहलाई टाईब्रेकरमा ४–२ ले हराउँदै कञ्चनजंघा क्वाटरफाईनल प्रवेश गरेको हो । निर्धारित समयसम्म दुवै टीमले गोद रहित वरावरी खेलेपछि भएको टाईब्रेकरमा कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने । उनले वागमतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका हुन् । यसअघिको दुवै हाफमा कञ्चनजंघाले अधिकांश समय वल आफ्नो पोल्टामा राखेको भएपनि गोल गर्न नसकेपछि टाईव्रेकरबाट छिनोफानो गरिएको हो । खेलमा कञ्चनजंघाका निगम सिंह दिनेश सोप म्यान अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए । पहिलो खेलमा जित हात पारेको कञ्चनजंघाले अव सेमिफाईनल प्रवेशका लागि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत शनिवार शसस्त्र प्रहरी बल एपिएफ र न्युरोड टीम एनआरटी बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिनुभयो ।
फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०÷१० हजार पुरस्कार प्रदान गरिने छ । १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक १० हजार दर्शकले प्रत्येक्ष तथा दुई करोड मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिता बारे जानकारी पाउने आयोजकले दावी गरेको छ ।
यसअघि प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभयो ।
सो अवसरमा वोल्दै मुख्यमन्त्री भट्टले गोल्डकप सुदुरपश्चिमको प्रतिष्ठासँग जोडिएकोले प्रदेश सरकारले पुर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सो अवसरमा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री र धनगढी उपमहानगरपालिका मेयर नृप ओडले पनि आफ्नो तर्फबाट हुने सहयोगको वचनबद्धता गर्नुभयो । प्रतियोगिताको उद्घाटन अगाडी ट्राफिक चौराहबाट धनगढी रंगशालासम्म ¥याली समेत निकालिएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा