खप्तड गोल्डकपको क्वाटरफाईनल समिकरण पुरा, गोर्खा ब्वाईज पनि अन्तिम आठमा

Gorkha boys
Gorkha boys
February 24, 6:06

धनगढी – नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनल समिरकण पुरा भएको छ । धनगढी रंगशालामा सोमवार भएको खेलसँगै क्वाटरफाईनल समिकरण पुरा भएको हो । गोल्डकपको चौथो दिन सोमवार भएको खेलमा गोर्खा ब्वाईज रुपन्देही आफ्नै जिल्लाको सुनौलो संगम युवा क्लबलाई टाईव्रेकरमा हराउँदै अन्तिम आठमा पुगेको छ ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा भईरहेको सर्वाधिक धनराशिको गोल्डकप अन्तर्गत सोमवार भएको खेलमा गोर्खा ब्वाईजले सुनौलो संगमलाई टाईव्रेकरमा ५–३ ले हरायो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा गोर्खाले सफलता हात पा¥यो । टाइब्रेकरमा गोर्खा ब्वाईजका हरि कठायत, अनिष तामाङ, रन्दिप पौडेल, निशान न्यौपाने र उत्तम गुरुङले पेनाल्टीमा गोल गरे । टाइब्रेकरमा गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ नायक बने । उनले सुनौलोका कप्तान मोहन थापाको पेनाल्टी बचाए । सुनौलोका लागि रन्जित थापा, अजित थापा, शंकर राईले भने गोल गरे । खेलको म्यान अफ द म्याच गोर्खा ब्वाइजका गोलरक्षक मनोज गुरुङ चुनिए । उनले १० हजार नगद सहित ट्रफी प्राप्त गरे ।

अब गोर्खा ब्वाइजले सेमिफाईनल प्रवेशका लागि हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यसअघि भएका खेलमा जित हात पार्दै विभागीय टीम एपीएफ क्लब, भारतको कंचनजंघा एफसी र नव जन जागृती क्वाटरफाइनलमा पुगिसकेका छन् । यस्तै आयोजक सुदूरपश्चिम–११, साविक विजेता नेपाल पुलिस, थ्री स्टार र हिमालयन शेर्पा क्लब भने वाई पाएर सिधै क्वाटरफाईनलमा पुगेको हो । मंगलबारदेखि प्रतियोगितामा क्वाटरफाईनलका खेलहरु सुरु हुनेछन् । मंगलवार हुने पहिलो क्वाटरफाईनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब र कंचनजंघा एफसी भारतबीच खेल हुनेछ ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैँया तथा उपविजेतालाई १० लाख १ रुपैँया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता हेर्नका लागि टिकट काट्ने र्शकहरुमध्येबाट गोलाप्रथाद्धारा एक जनाले १३ हजास पाँच सय मुल्य पर्ने रियलमी मोवाईल पाईरहेका छन् भने एक÷एक जना दर्शकले नेशनल प्याथ ल्याब र निसर्ग हस्पिटलमा ५ हजार बराबरको होलवडी चेकजाँचको सुविधा समेत पाईरहेका छन् । वराही नेटले गोल्डकपको टिकटको अर्धकट्टी देखाएमा एक बर्षमा तीन महिना निशुल्क ईन्टरनेटको समेत सुविधा दिईरहेको छ ।

नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एक मात्रै गोल्डकप हो । ‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकासको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम– ११ स्पोर्टस क्लबले विगत चार वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा