लिटल फ्लावरको वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न

Little Flower
Little Flower
February 28, 7:12

धनगढी, फागुन १६ – लिटल फ्लावर स्कुलको वार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । वार्षिक रूपमा स्कुलले सञ्चालन गरेका विभिन्न प्रतियोगिता तथा अन्य बाहिरी प्रतियोगितामा विद्यार्थीहरूले हासिल गरेका उपलब्धिहरू स्वरूप विद्यार्थीहरूलाई विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो । 

Little Flower

लिटल फ्लावर बोर्डिङ हाइ स्कुलका संस्थापक प्रिन्सिपल रामचन्द्र शाहीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा प्याब्सन धनगढी नगर कमिटीका अध्यक्ष पदम सिंह साउदको प्रमुख आतिथ्य  रहेको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै साउदले लिटल फ्लावर बोर्डिङ हाइ स्कुल सैद्धान्तिक ज्ञान मात्रै नभएर विद्यार्थीहरूलाई अन्य शैक्षिक र पाठ्यक्रम बाहिरका अतिरिक्त क्रियाकलापसमेत गराउन सफल भएकाले स्कुलको प्रशंसा गर्नु भयो । 
उनले अन्य विद्यालयहरूले समेत विद्यार्थीको क्षमता विकासका लागि यसको सिको गर्न आवश्यक रहेको बताउनु भयो । 
साथै कार्यक्रममा प्याब्सनका अन्य पदाधिकारी तथा विभिन्न विद्यालयका प्रिन्सिपलहरूको समेत सहभागिता रहेको थियो । 
 

Little Flower Little Flower Little Flower Little Flower Little Flower Little Flower Little Flower

Little Flower

Little Flower Little Flower

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा