मुख्यमन्त्री भट्ट र नगरप्रमुख वड बिच कोरोना संवेदनशीलताका बारेमा छलफल 

cORONA
cORONA
March 09, 5:57

धनगढी, २६ फागुन - सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्ट र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड बिच कोरोना भाइरस (कोभिड १९) को संवेलनशिलताका बिषयमा शोमबार छलफल भएको छ ।
कोरोना भाइरस भित्रीन नदिन अपनाउनुपर्ने सतर्कताका बिषयमा उनिहरुले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गरेका हुन । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका अन्तराष्ट्रिय नाका देखि एक प्रदेश र अर्को प्रदेशका नाकामा हेल्प डेस्क राख्ने बिषयमा छलफल भएको बताए । धनगढी उप–महानगरपालिकाले चार दिन पहिले नै त्रिनगरभन्सार नाकामा हेल्प डेस्क राखेर भारतबाट आउने ब्यक्तिलाई चेकजाँच गर्ने र परामर्श दिने काम गरिरहेको छ मुख्य मन्त्री भट्टले भने, त्यसमा हामी पनि समन्वय गरेर जाने बिषयमा छलफल भयो । मुख्यमन्त्री भट्टले चिसापानीमा पनि हेल्प डेस्क राख्ने तयारी भैरहेको बताए । उनले भने, अन्य अन्तराष्ट्रिय नाकामा पनि हेल्पडेस्क राख्ने तयारी भैरहेको छ ।
नगरप्रमुख वडले धनगढी उप–महानगरपालिकाले त्रिनगरनाकामा हेल्पडेस्क राखेर काम गरिराखेको बारेमा मुख्यमन्त्री भट्टलाई जानकारी दिए । चेकजाँचका क्रममा बिरामी भेटिएमा स्वास्थ्य संस्था सम्म पु¥याउने एम्बुलेन्स नभएको कुरा मुख्य मन्त्रीलाई जानकारी गराए नगरप्रमुख वडले भने, वहाँले ब्यबस्था गर्छु भन्नु भएको छ । त्यसैगरी नगरप्रमुख वडले सिमामा पुगेर हेल्पडेस्कको अवस्था समेत बुझेका छन् । सिमामा दैनिक ७ सय देखि १ हजार सम्मको चेकजाँच भैरहेको छ । खास गरेर दिल्लीबाट आउने ब्यक्तिहरुको चेकजाँच भैरहेको छ । 
भारतको राजधानी दिल्लीमा कोरोना भाईरसको संक्रमण देखापरेको खवर बाहिर आएपछि नेपाल भारत सिमवर्ती शहर धनगढीमा उच्च सर्तकता अपनाईएको छ । धनगढीबाट दिल्लीको दुरी ४ सय ३९.७ किलोमिटरको दुरी रहेको छ । सडक यातायातबाट ९ घण्टा ४२ मिनेटमा धनगढीबाट दिल्ली पुगिन्छ । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा