कोरोना भाइरसबाट भारतमा ३ जनाको मृत्यु, एक मन्त्रीलाई पनि कोरोनाको आशङ्का

Corona Bharat
Corona Bharat
March 17, 1:46

नयाँ दिल्ली– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
कोरोनाको संक्रमण पछि भारतको मुम्बइस्थित एक अस्पतालमा उपचाररत ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोनाका कारण भारतमा सोमबारसम्म २ जनाको मृत्यु भइसकेको थियो । भारतका १५ वटा राज्यमा कोरोना संक्रमण बढ्दो क्रममा छ । सबैभन्दा बढी महाराष्ट्रमा यसको संक्रमण फैलिरहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मंगलबार बिहानसम्म भारतमा १ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

केन्द्रीय मन्त्री पनि क्वारेन्टाइनमा

कोरोना संक्रमणको आशंका भारतमा केन्द्रीय सन्त्री समेत होम क्वारेन्टाइनमा बसेका छन् । केन्द्र सरकारका संसदीय कार्य राज्यमन्त्री वी मुरलीधरन कोरोना संक्रमणको आशंकामा होम क्वारेन्टाइनमा बसेका हुन् ।
उनी केरला राज्यमा आयोजित एउटा कार्यक्रममा भाग लिएर फर्किएका थिए । कार्यक्रमका दौरान उनले एकजना चिकित्सकसँग भेट गरेका थिए । पछि ती चिकित्सकमा कोरोना भाइरसको संक्रमण भएको देखिएको थियो ।
राज्यमन्त्री मुरलीधरनले पनि आफूलाई कोरोना संक्रमणको जस्तै प्रारम्भिक लक्षण देखिए पछि केन्द्रीय राजधानी दिल्ली पुगेर होम क्वारेन्टाइनमा बसेका हुन् ।
उनले कोरोना संक्रमणको परीक्षणका लागि नमूना दिइसकेका छन् । तर, परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा