बहालवाला मन्त्री बिना मगरको नाम बेपत्ताको सूचीमा !

Bina Magar
Bina Magar
March 17, 4:15

बहालवाला खानेपानी मन्त्री बिना मगरको नाम सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिको सूचीमा रहेको पाइएको छ ।
बेपत्ता छानबिन आयोगको वेबसाइटमा राखिएको  सूचीको १९० नम्बरमा बिना मगरको नाम समावेश छ ।
आयोगले अनुसन्धानका क्रममा आवश्यक जानकारी लिनका लागि द्वन्द्वकालीन अवस्थामा बेपत्ता पारिएका २ हजार ५०६ व्यक्तिको नाम आयोगको वेबसाइटमा राखिएको छ, जसमा बहालवाला मन्त्री मगरको नाम समेत समावेश छ ।
आयोगका सूचना अधिकारी निराजन घिमिरेले हाल सम्पर्कमा आएका भएपनि द्वन्द्वकालमा बेपत्ता पारिएका सबैको नाम सूचीमा समावेश भएको बताए ।
‘उहाँको नाम आंशिक बेपत्तामा समावेश हुनसक्छ, उहाँले आफैं उजुरी दिएको होला,’ घिमिरेले भने, ‘उहाँसँग बयान लिएर कुन किसिमको राहत दिने, उजुरीलाई कसरी टुंग्याउने भन्ने निर्णय भएपछि बेपत्ताको सूचीबाट हटाइन्छ । अहिले अनुसन्धानकै क्रममा छ ।’
आयोगले बेपत्ताको सूचीमा समावेश भएका व्यक्तिको विषयमा कुनै सूचना, जानकारी भए उपलब्ध गराउन सार्वजनिक आह्वान गरेको छ ।
आयोगको सूची अनुसार सबैभन्दा धेरै उजुरी बर्दियाबाट परेका छन्, जहाँ २५४ जना बेपत्ता भएको सूचीमा उल्लेख छ ।
दाङमा १२८, कञ्चनपुरबाट ७७, अछामबाट ५४, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट ४०–४० जना बेपत्ता भएको उजुरी परेको छ । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा