अत्तरियामा १ सय ४ डिग्रीभन्दा माथि ज्वरो भएका बिरामी भेटिए पछि आइसोलेसनमा भर्ना

High Fever
High Fever
March 27, 2:40

धनगढी, चैत्र १४ –  कैलालीको अत्तरियामा १ सय ४ डिग्री भन्दा माथि ज्वरो भएका बिरामी भेटिएका छन् । गोदावरी नगरपालिका वडा नं २ मा रहेको भवानी दल गण तेघरी ब्यारेक अगाडी चेकजाचका क्रममा एक जना महिला र एक पुरुषमा १०४ डिग्री भन्दा बढि ज्वरो आएको भेटिएको हो ।
गोदावरीवाट अत्तरिया तर्फ अटोमा आउदै गरेकी महिलामा १०४.२ डिग्री र पुरुषमा १०१ डिग्री फरेनहाइट ज्वरो आएको भेटिएको हो । गोदावरी नगरपालिका वडा नं ४ घर भएका दुवै जना श्रिमान श्रिमति हुन् । यस्तै डोटीको दिपायलवाट ट्याङकरमा आएका ४ जनामा पनि ९९ डिग्री भन्दा माथि ज्वरो आएको भेटिएको छ ।
ट्याङकरमा लिप्ट मागेर तराईतिर आउदै गरेका उनीहरुलाई सोही ठाउँमा चेकजाच गर्ने क्रममा चारै जनामा ९९ डिग्री भन्दा माथि ज्वरो आएको भेटिएको हो ।
उनीहरु मध्य १ जना गोदावरी नगरपालिका घर भएका हुन भने एक जना गौरीगंगा नगरपालिका र २ जना कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका हुन् । अहिले उनीहरुको अत्तरियामा रहेको सुदूरपश्चिम सामुदायिक अस्पतालमा आइसोलेसनमा राखेर उपचार भैरहेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश सरकार
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा