धनगढी उप–महानगरमा किटनाशक औषधी छर्किने कार्य जारी, यसरी भइरहेको छ काम

Corona Prevension Dhangadhi
Corona Prevension Dhangadhi
March 27, 3:40

धनगढी, १४ चैत – धनगढी उप–महानगरपालिकाले कोरोना भाईरस (कोभिड १९) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएको छ ।
शुक्रवार धनगढी उप–महानगरपालिकाका आफै औषधी छर्किन निस्कीएका थिए । चौराहा देखि मनहेराको पेट्रल पम्म र हसनपुर राष्ट्रबैंक चोक देखि धनगढी उप–महानगरपालिकाको गेट सम्म औषधी छर्किने काम गरिएको उप–महानगरपालिकाले शुक्रवार वडा नं २ का एस्टिएस सिनेमा हल अगाडी, पुरनो सब्जीमण्डी, धनगढी राष्ट्रबैंक देखि सहदगेट, होटल डिभोटी चोक देखि पिपलचौतरा–मटियारी, गाउँ धनगढी क्षेत्रको सडकमा औषधी छर्किएको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सम्भवन भएसम्म नगरका सबै क्षेत्रमा औषधी छर्किने बताए । शनिवार देखि वडाबाट औषधी स्प्रे मेसिनको प्रयोग गरेर सबै गल्लीहरुका औषधी छर्किने नगरप्रमुख वडले बताए ।  धनगढी उप–महानगरपालिकाले आफ्नो श्रोत र साधनले भ्याएस सम्म काम गरिरहेको छ नगरप्रमुख वडले भने, संवेदनशील अवस्थामा सबैको समन्वय आवश्यक छ । 
नगरप्रमुख वडले नगरवासीले लकडाउनको पालना गरेर सेल्फ क्वान्टाईनमा बसेमा मात्रै पनि आफुहरुलाइृ ठूलो सहयोग हुने बताए । उनले भने, सबैले सरकारले गरेको लकडाउनको पालना गरिदिनहुन अनुरोध गर्दछौं ।
 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा